२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो स्टोरी : कसरी भइरहेको छ पाटन अस्पतालमा कोभिड-१९ संक्रमितको नमुना व्यवस्थापन

भिडियो स्टोरी : कसरी भइरहेको छ पाटन अस्पतालमा कोभिड-१९ संक्रमितको नमुना व्यवस्थापन


काठमाडौं—ललितपुरस्थित पाटन अस्पतालले कोभिड—१९ संक्रमितहरूको नमुना व्यवस्थापन गरिरहेको छ । कोरोना संक्रमणको सुरुवातदेखि नै कोभिड—१९ हब अस्पताल तोकिएको पाटनले एकै समयमा झण्डै सय बढी कोरोना संक्रमितको व्यवस्थापन गर्दै आएको छ ।

पाटन अस्पतालका कोभिड—१९ फोकल पर्सन डा. विमल पाण्डे सुरुदेखि नै कोरोना संक्रमितको उचित व्यवस्थापन, उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण सुरुक्षाजस्ता विषयमा ध्यान दिइएका कारण व्यवस्थापन उत्कृष्ट बन्न सकेको बताउँछन् ।

‘सुरुदेखि नै कसरी कोभिड र नन कोभिड बिरामी छुट्याएर काम गर्न सकिन्छ, स्वास्थ्यकर्मी कसरी बचाउने भन्ने विषयमा सोचेर हामीले ५ वेडबाट काम सुरु गरेका हौं,’ डा. पाण्डे भन्छन्, ‘त्यसपछि हामीले संक्रमित धेरै आउन थालेपछि नयाँ भवनलाई कोभिड बिल्डिङका रुपमा छुटायौं ।’ सुरक्षामा विशेष ध्यान दिदैं पाटनले कोभिड भवनका सबै कुराहरु फरक बनायो । फरक बाटो, पीपीई बिना छिर्न नपाइने गरेर व्यवस्थापन मिलाइयो ।

पाटनको कोभिड—१९ को नमुना व्यवस्थापनका पछाडि सुरुमै सबै बिरामीलाई इमर्जेन्सी फिभर क्लिनिकबाट आइसोलेसनमा राख्ने, कोभिड—१९ परीक्षण रिपोर्ट आएपछि रिपोर्टका आधारमा जनरल वार्ड अथवा कोभिड वार्डमा सार्ने गरी व्यवस्था मिलाइएको डा. पाण्डे बताउँछन् । त्यहाँ पनि प्राइभेट वार्डहरु छुट्याइएको उनले जानकारी दिए ।

पाटनको कोभिड—१९ व्यवस्थापनमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, वार्ड ब्वाईदेखि सफा गर्नेसम्मका कर्मचारी गरी दैनिक ३ सय बढी जनशक्ति परिचालन हुने गरेका छन् ।

पाटन अस्पतालमै पहिलो पटक कोरोना संक्रमितको शल्यक्रिया भएको हो । हस्पिटल इन्सीडेन्ट सिष्टम (हिक्स)ले कोभिड—१९ संक्रमितहरुको शल्यक्रिया कसरी गर्ने भन्ने पूर्ण सुरक्षा मापदण्ड बनाएर शल्यक्रिया गरिएको पाण्डे बताउँछन् । ‘हस्पिटल इन्सीडेन्ट सिष्टम (हिक्स) भन्ने एक्टीभेट भएको छ,’ डा. पाण्डे भन्छन्, ‘त्यो ठाउँबाटैं हामीले आईपीसीदेखि लिएर क्लिनिकल कोर्डिनेटरहरु सबै बसेर काम गर्छौ । हामीले एउटा ओटी नै छुट्याएर त्यसमा इमर्जेन्सी शल्यक्रिया गरिन्छ, त्यहाँ सबै स्वास्थ्यकर्मी पूर्णतया सुरक्षित भएर काम गर्नुहुन्छ ।

अहिलेसम्म १६ सय बढी कोभिड—१९ संक्रमित र शंकास्पद बिरामीहरु भर्ना गरेर उपचार गरिसकेको पाटन अस्पतालले चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरु संक्रमित नहुन भनेर छोटो—छोटो सिफ्टमा काम गराउने गरेको छ ।

भिडियो रिपोर्ट




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ