२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो स्टोरीः यसरी खोलिन्छ हृदयघात भएका मानिसको मुटुको नसा

भिडियो स्टोरीः यसरी खोलिन्छ हृदयघात भएका मानिसको मुटुको नसा


काठमाडौं—पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दैं गएको छ । त्यसमा पनि मुटु सम्बन्धी रोगको प्रकोप दिनदिनै बढ्दै गएको तथ्यांकहरुले देखाउँछ । हृदयघात भएर गंगालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको संख्या प्रत्येक वर्ष बढ्दै गएको केन्द्रका निर्देशक डा. चण्द्रमणि अधिकारी बताउँछन् ।

अघिल्लो वर्षको यही अवधिमा हृदयघात भएर आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या मासिक ३० जना रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । तर, यस वर्ष सो संख्या बढेर मासिक ३५ जना पुगेको निर्देशक डा. अधिकारीको भनाइ छ ।

कोभिड—१९ महामारी आएयता केही समय आकस्मिक सेवामात्र संचालन गरेको अस्पतालले अहिले ओपिडी र योजनाअनुसार गरिने शल्यक्रिया पनि सुरु गरिसकेको छ । कोभिड—१९ पछि क्याथल्याव प्रोसिड्युरमा १ सय ७६ जनामा प्राइमरी एन्जिओप्लाष्टी गरिएको छ । ९९ जनामा पेसमेकर राखिएको छ भने ५ सय ८७ जनामा कोरोनरी एन्जियोग्राफ्री र २ सय ५३ जनामा एन्जिओप्लास्टी गरिएको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, ६ महिनाको अवधिमा १ सय ८६ जनाको ओपन हर्ट शल्यक्रिया सम्पन्न भएको छ ।

मुटु शल्य चिकित्सक समेत रहेका निर्देशक डा. अधिकारी पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिर्वतनले मुटु सम्बन्धी रोग बढ्दै गएको बताउँछन् । चुरोट, रक्सी सेवन गर्ने, बोसोयुक्त खानेकुरा बढी सेवन गर्ने र निस्क्रिय जीवनशैली बिताउनेमा बढी मुटु सम्बन्धी रोग लाग्ने उनको भनाइ छ । ‘जीवनशैलीलाई सक्रिय बनाउने, उच्च रक्तचाप भएका र मधुमेहका बिरामीले समय—समयमा चिकित्सकसँग सल्लाह लिने र मुटुको जाँच गराउनुपर्छ,’ उनी सुझाव दिन्छन् ।

हेल्थ आवाजले बढ्दो हृदयघात र हृदयघात भइसकेपछि कसरी बन्द भएका मुटुका नसालाई खोलिन्छ भन्ने विषयमा भिडियो स्टोरी तयार पारेको छ । यो भिडियो स्टोरीमा एन्जोग्राफीमार्फत मुटुको समस्या पत्ता लगाउने र बन्द नसा खोल्न गरिएको एन्जियोग्राफी समेटिएको छ ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ