२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेयसरी गरिन्छ कोभिड–१९ को पीसीआर परीक्षण [भिडियो रिपोर्ट]

यसरी गरिन्छ कोभिड–१९ को पीसीआर परीक्षण [भिडियो रिपोर्ट]


पीसीआर परीक्षण गर्ने व्यक्ति आइसकेपछि सर्वप्रथम ठेगानालगायतका सबै विवरणसहितको नमुना संकलन फाराम भर्नुपर्छ । उक्त फाराममा प्रयोगशालाको कोड समावेस गरिन्छ । त्यसपछि सम्पूर्ण सावधानीका साथ नमुना संकलन बुथबाट नमुना संकलन गरिन्छ ।

नमुना संकलन गर्दा नाकबाट गरिने नमुना संकलनलाई प्राथमिकतामा राखिन्छ । नाकबाट लिइएको नमुनामा ६६ प्रतिशत विश्वसनीयता हुन्छ भने मुखबाट लिइएको नमुनामा ३० प्रतिशत विश्वसनीयता हुन्छ ।

नमुना संकलन भइसकेपछि भिटीएममा राखिन्छ । भिटीएमलाई जिपलग ब्यागमा राखिन्छ, त्यसमा नमुनाको आइडेन्टीफिकेसन गरिसकेपछि कोल्डचेन बक्समा राखेर प्रयोगशालासम्म लगिन्छ ।

प्रयोगशालामा पुगिसकेपछि नमुना नसाटियोस् भनेर भिटीएममा भएको आईडी र फाराममा भएको आईडीलाई क्रस म्याच गर्छौ । त्यसपछि उक्त नमुनालाई प्रयोगशालाको आरएनए एक्स्ट्रयाक्सन कोठामा लगिन्छ ।

प्रयोगशाला प्रयोग हुने सम्पूर्ण व्यक्तिगत सुरक्षाका सामाग्री (पीपीई, मास्क ग्लोब्स, भाइजर) प्रयोग गरिन्छ । त्यसपछि उक्त नमुनालाई फरक–फरक भाइलहरुमा राखेर किट, बिभिन्न रसायनहरुको प्रयोग गरी आएनए एक्स्ट्रयाक्सन गरिन्छ ।

त्यसपछि आएनए एक्स्ट्रयाक्सन भइसकेपछि उक्त नमुनालाई कोल्डचेनमा राखिन्छ । त्यसपछि भाइरस छ कि छैन भनेर मास्टर मिक्स गर्न रसायनहरु तयारी अवस्थामा राखिन्छ ।

फरक–फरक काम फरक ब्यक्तिले नै गर्ने गर्दछ । त्यसपछि, टेम्पलेट एडिसन रुममा आरएनए एक्स्ट्रयाक्सन र मास्टर मिक्स गरी आएको रसायनलाई राखिन्छ ।

त्यसपछि उक्त नमुनालाई पीसीआर मेसिनमा नमुनाको मात्रा अनुसार किट राखेर पीसीआर मेसिन रन गरिन्छ । किटहरु हेरेर आवश्यकताअनुसार डेढ घण्टादेखि २ घण्टा रन गरिन्छ ।

(यो डिकोड जेनेमिक्स एण्ड रिसर्च सेन्टरसँगको  सहकार्यमा तयार पारिएको यो भिडियो स्टोरीमा हो ।)




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ