२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग

भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग


चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस एकीकृत इन्ट्रान्स १८ हजार बढी विद्यार्थी सहभागी थिए । जसमध्ये ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । बुधबार प्रकाशित रिजल्टमा तीनै उत्तीर्ण विद्यार्थीहरुमध्येमा छात्रातर्फ सबैभन्दा बढी अंक ल्याएर अदिती कुमारी जैन टप भइन् । उनले २ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर छात्रातर्फ सर्वोत्कृष्ट भएकी हुन् ।

सुनसरीको हरिनग्रा गाउँपालिका–४ की २० वर्षीया अदिती बुधबार साँझ अबेर एमबीबीएस इन्ट्रान्समा छात्रातर्फ टप गरेको रिजल्ट संचारमाध्यबाट थाहा पाइन् । छात्रातर्फमा सबैभन्दा बढी अंक ल्याएर टप गरेको कुरा उनका बुवा अजयकुमार र आमा सुदा जैनलाई सुनाइन् । छात्रातर्फ टप र समग्रमा चौथो पोजिनसमा उनले नाम निकालेकी छिन् ।

अदिती विराटनगरस्थित शिक्षादीप कलेजबाट विज्ञान संकायबाट कक्षा १२ मा ३.७९ जीपीए ल्याएर उत्तीर्ण गरेकी थिइन् । एमबीबीएसको इन्ट्रान्समा छात्रातर्फ सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई निकै खुसी छन् । अदितीका बुवा अजयले छोरीको मेहनतको कारणले सफलता मिलेको बताए । ‘पढाइमा छोरी सानैदेखि मेहनत गर्ने गरेकी थिइन् । आज आएर सफलता हात मिलेको छ,’ उनले भने, छोरी अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’

शिक्षा दीपक कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीप कलेजमा अध्ययरत छात्राले देशभरिमा छात्रातर्फ टप गरिन्,’ उनले भने, ‘यसले शिक्षादीप कलेजलाई लाई गौरव गर्ने अवसर दिएको छ ।’ उनले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण अदितीले इन्ट्रान्स टप गरेको बताए ।

सुनसरीको ग्रामीण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएका हुन्, अदिती । उनका बुवा अजय हार्डवेयरको सामान्य व्यापार गर्दै आएका छन् । आमा सुदा गृहणी हुन् । किसान परिवारमा जन्मिएकी अदिती घरबाट विराटनगर पुग्न झण्डै ३० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ ।

उनले हरीनग्राको सामुदायिक विद्यालयबाट एसइई दिइन् । वि.सं. २०७६ सालमा उनी हरीनग्रा माविबाट ३.७ जीपीए ल्याएर एसईईमा उत्तीर्ण भइन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी विराटनगर आइन् । विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गरिन् । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७९ जीपीई ल्याएकी छन् । अदितीको भविष्यमा कार्डियोलोजिष्ट बन्ने रुचि छ ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ