गृहपृष्ठ ∕ योग ∕ शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने योगासन शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने योगासन हेल्थ आवाज बिहीबार, २०७८ माघ २७ गते, ०५:३० मा प्रकाशित कोभिड-१९ महामारी सुरु भएयता विश्वभर करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् । यससँगै यसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टले पनि बिस्तारै जनमानसहरूलाई त्रसित बनाइरहेको छ। महामारीको सुरुवातदेखि नै हामीले सबैभन्दा धेरै सुनेको एउटा कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता हो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु जरुरी छ । इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जसलाई सुधार्नको लागि तपाईले आफ्नो जीवनशैलीमा सानातिना परिवर्तनहरू गर्नुपर्ने हुन्छ। कोभिड-१९ देखिएसँगै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिइँदै आएको छ । यस्तो अवस्थामा यदि तपाइ यी रोगहरूबाट बच्न र संक्रमणको सामना गर्न आफ्नो शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने यी योगासनको मद्दत लिन सक्नुहुन्छ। हलासन यो आसन गर्नका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युको बलमा सुत्नुहोस्। अब दुवै हत्केलालाई आफ्नो छेउको भुइँमा राख्नुहोस्। एकै साथ दुवै खुट्टा 90 डिग्री माथि उठाउनुहोस्। केही समय यस अवस्थामा बस्नुहोस्। यस बीचमा आफ्नो दुवै हत्केला भुइमा राख्नुहोस्। अब बिस्तारै आफ्नो खुट्टा टाउको पछाडि सार्नुहोस्। ३० सेकेन्डको लागि यो स्थितिमा रहन प्रयास गर्नुहोस्। भुजंगासन यो आसन गर्नको लागि सबैभन्दा पहिले पेटले टेकेर सुत्नुहोस् । अब आफ्नो दुवै हत्केलालाई काँधको चौडाइबाट टाढा भुइँमा राख्नुहोस्। अब शरीरको तल्लो भाग भुइँमा राख्नुहोस् र लामो श्वास लिनुहोस्। यसपछि शरीरको माथिल्लो भागलाई बिस्तारै जमिनभन्दा माथि उठाउनुहोस्। यस पोजिसनमा केही बेर बसेपछि श्वास छोड्ने क्रममा त्यही स्थितिमा भुइँमा फर्कनुहोस्। सुखासन यो आसन गर्नको लागि सबैभन्दा पहिले ध्यानको आसनमा बस्नुहोस्। अब दाहिने हातको मद्दतले आफ्नो बायाँ नाडीलाई पछाडिबाट समात्नुहोस्। यस बीच काँधहरू पछाडि तान्दै श्वास फेर्नुहोस्। अब श्वास छोड्दा अगाडि झुक्नुहोस्। यसपछि दाहिने घुँडाले टाउको छुनुहोस्। त्यसपछि बिस्तारै श्वास फेर्दै पहिलेको स्थितिमा फर्कनुहोस्। -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन?