गृहपृष्ठ ∕ योग ∕ वृक्षासन योगका फाइदा र सावधानी वृक्षासन योगका फाइदा र सावधानी हेल्थ आवाज आईतबार, २०७९ साउन १५ गते, ०५:५३ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमा पर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट