गृहपृष्ठ ∕ योग ∕ वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु हेल्थ आवाज मंगलबार, २०७९ भदौ २८ गते, ०६:०० मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमा पर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू