२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगधनुरासान किन र कसरी गर्ने ? यस्ता छन् फाइदा

धनुरासान किन र कसरी गर्ने ? यस्ता छन् फाइदा


योग शरीरलाई स्वस्थ राख्ने एक लाभदायी तरिका हो । योगको नियमित अभ्यासले शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ ।

हाम्रो शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरूले शारीरिक तथा मानसिक दुवै तवरबाट हानी पुर्‍याइरहेका हुन्छन् । तर एउटा सही तरिकाको योगासनले विभिन्न प्रकारका रोग हुनबाट छुटकारा दिन्छ  र शरीरलाई स्वस्थ बनाउँदछ ।

यस योगासनमा शरीर धनुषको आकारको बनाइन्छ त्यसैले यसलाई धनुरासान भनिन्छ । यसलाई गर्दा हाम्रो खाली पेट हुनु जरुरी छ । त्यस्तै यस आसनलाई जति समय सकिन्छ त्यति आरामले गर्ने ।

कसरी गर्ने धनुरासान योग ?
-भुईँ तीर मुख गरेर पल्टने । मांसपेशीलाई आरामले छोड्ने ।
-दुबैहातलाई नजिकै राख्ने र खुट्टालाई पछाडिबाट अगाडी तर्फ फर्काउने र दुवै हात उठाएर खुट्टालाई समाउने ।
-त्यसपछि छाती र शिरलाई उठाएर आरामको श्वास लिने ।
-हातलाई सिधा र  बलियो बनाउँदै खुट्टालाई राम्रोसँग समाउने ।
-यदि खुट्टालाई अलिक माथि सार्‍यो भने श्वास लिन सहज हुन्छ ।
-श्वासलाई केहिबेर रोकेर बिस्तारै बिस्तारै श्वास फेर्दै घुँडाको आड लिँदै शरीरलाई सुरुको अवस्थामा पुर्याउनुहोस् ।
-केहि समय थकाइ मार्नुहोस् र पुनः सुरु गर्नुहोस् ।

धनुरासानका फाइदाहरू ः 
-ग्यास्ट्रिक रोगको लागि फाइदाजनक ।
-घुँडा र शरीरको दुखाइ कम गर्न
-पाचन क्रियाको वृद्धि
-श्वासप्रश्वास क्षमता बढाउन
-अल्छीपना टाढा गर्न


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ