२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगचायाँको समस्याबाट छुटकारा पाउन अधोमुख स्वानासन, यसरी गर्नुहोस्

चायाँको समस्याबाट छुटकारा पाउन अधोमुख स्वानासन, यसरी गर्नुहोस्


चायाँको समस्याका कारण कपाल झर्न थाल्छ । यसबाट छुटकारा पाउन मानिसहरू विभिन्न प्रकारका हेयर प्रोडक्ट, घरेलु उपाय अपनाउने गर्छन् ।

तर के तपाईँलाई थाहा छ कपालमा चायाँ किन हुन्छ ? वास्तवमा टाउको र टाउकोमा रक्तसञ्चार कमजोर हुँदा चायाँको समस्या हुन्छ । टाउकोलाई चाहिने पर्याप्त पोषण नपाएपछि यो कमजोर हुन्छ । कपाल सुख्खा हुन्छ र जरादेखि झर्न थाल्छ ।

चायाँको समस्यालाई जराबाट हटाउनका लागि योगासन लाभदायक हुन्छ । नियमित योग अभ्यास गरेर टाउकोको जरादेखि कपाल बलियो बनाउन सकिन्छ । चायाँ हटाउनका लागि अधोमुख श्वानासन योग आसन उपयोगी हुन्छ । यो योगासनका अन्य धेरै फाइदाहरू छन् ।

अधोमुख स्वानासन

अधोमुख स्वानासनलाई अधोमुख मुद्रा पनि भनिन्छ । यो आसन गर्नाले कपालको जरासम्म अक्सिजनको उचित मात्रामा प्रवाह हुन्छ । यसको नियमित प्रयोगले कपाल झर्ने समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । यो आसन गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ ।

अधोमुख स्वानासन गर्ने तरिका 
–यो आसन गर्नको लागि म्याटमा सिधा उभिनुहोस् ।
–अब शरीरलाई कम्मरबाट झुकाएर अगाडि झुकाएर दुवै हातले जमिन छुनुहोस् ।
–यस अवधिमा खुट्टा र हातको बिचमा करिब दुई फिटको दूरी राख्नुहोस् ।
–अब हातहरू अगाडि बढाउँदै, टाउकोलाई जमिन नजिक लैजानुहोस् ।
–कुहिनो र घुँडा झुकाउनु हुँदैन । यो पोजमा ३० देखि ४० सेकेन्डसम्म रहनुहोस् र त्यसपछि सीधा उभिनुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ