२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयोगयी तीन योगासन, जसले कम गराउँछ स्तन क्यान्सरको जोखिम

यी तीन योगासन, जसले कम गराउँछ स्तन क्यान्सरको जोखिम


अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइन्छ । स्तन क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि र स्तन क्यान्सर प्रतिरोधी क्षमता बढाउने उद्देश्यले यो महिनामा विभिन्न कार्यक्रमहरू हुने गर्छन् । यसको मुख्य उद्देश्य स्तन क्यान्सर पत्ता लगाउने, सचेतना र उपचारको माध्यमबाट महिलाको स्वास्थ्य सेवालाई प्रोत्साहित गर्नु हो ।

हरेक ८ जना महिलामध्ये एक जना क्यान्सरको सिकार हुने गरेको तथ्याङ्कले देखाउँछ । अन्य प्रकारको क्यान्सर जस्तै, स्तन क्यान्सर पनि घातक छ । नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार योगबाट क्यान्सरको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । योगाभ्यासले क्यान्सरको जोखिम बढाउने हर्मोनको स्तर घटाउन मद्दत गर्छ । स्तन क्यान्सरको जोखिम घटाउन सकिने योगासनको बारेमा तल उल्लेख गरिएको छ ।

बालासनलाई बाल मुद्रा आसन पनि भनिन्छ । यो मुद्राले छातीको मांसपेशी, कम्मर, तिघ्रा र पछाडिको भागलाई आराम दिन्छ । बालासनको अभ्यास स्तन क्यान्सर रोगीहरूको लागि लाभदायक हुन्छ । मनलाई शान्त राख्नका साथै थकान र तनावबाट मुक्ति दिन बालासन अभ्यास गर्न सकिन्छ ।

प्राणायाम

अनुसन्धानकर्ताहरूका अनुसार स्तन क्यान्सरको समस्यामा प्राणायाम गर्ने बानी फाइदाजनक हुन्छ । विकिरण थेरापीबाट गुज्रिरहेका स्तन क्यान्सरका बिरामीहरूको लागि प्राणायाम सहायक उपचारको रूपमा उपयोगी छ । क्यान्सर कोशिकाको वृद्धि रोक्नुका साथै मानसिक स्वास्थ्यलाई राम्रो बनाउन प्राणायामको अभ्यास गर्न सकिन्छ ।

मत्स्यासन योग

मत्स्यासन योगलाई हृदय खोल्ने योग पनि भनिन्छ । यसको अर्थ छाती, करङ, फोक्सो र ढाडको माथिल्लो भाग खोल्नु हो । यसले स्तन र पेक्समा लिम्फेटिक जल निकासीलाई उत्तेजित गरेर स्तन क्यान्सरको जोखिम कम गर्छ । योग विशेषज्ञहरूका अनुसार यो योगको नियमित अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ । जसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

नोटः यो लेख योग गुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

अमर उजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ