२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन

शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन


शरीरका विभिन्न अङ्गहरूमा रगत, अक्सिजन र आवश्यक पोषक तत्त्वहरूको उचित आपूर्तिका लागि रक्तसञ्चार राम्रो हुनु आवश्यक हुन्छ । रक्तसञ्चार कमीका कारण धेरै गम्भीर समस्या देखिन सक्ने सम्भावना हुन्छ । जसका कारण रक्तसञ्चार राम्रो नहुँदा हातखुट्टा सुनिने र दुख्ने जस्ता समस्याहरू आउन सक्छन् ।  शरीरमा रक्तसञ्चार सुधार गर्न तल दिइएका योगासनको मद्दत लिन सकिन्छ ।

यो योगासन गर्नका लागि सबैभन्दा पहिले योगा म्याटमा सिधा उभिनुहोस् । हात तिघ्राको छेउमा राख्नुहोस् । बिस्तारै श्वास फेर्दै दाहिने हात टाउको माथि उठाउनुहोस् । यस अवधिमा पाखुराले कान छुनुपर्छ । अब श्वास छोड्दा आफ्नो शरीरलाई बायाँतिर झुकाउनुहोस् । बायाँ हातले भुईँ छुनुहोस् । ध्यान राख्नुहोस् कि यो अवधिमा घुँडा झुक्नु हुँदैन । केही समय यो आसनमा बस्नुहोस् । यसपछि सामान्य अवस्थामा फर्कनुहोस् । यो आसन ३–५ पटक दोहोराउन सक्नुहुन्छ ।

वीरभद्रासन

यो आसन गर्नका लागि सबैभन्दा पहिले योगा म्याटमा सिधा उभिनुहोस् । अब आफ्नो दुवै खुट्टा फैलाउनुहोस् । खुट्टाको बिचमा २–३ फिटको दुरी राख्नुहोस् ।  त्यसपछि दुवै हातलाई काँधको समानान्तरमा राख्नुहोस् । त्यसपछि दाहिने खुट्टालाई ९० डिग्रीको कोणमा घुमाउनुहोस् । बायाँ खुट्टा पछाडि तन्काउनुहोस् । टाउको दाहिने खुट्टा र हात तिर राख्नुहोस् । त्यसपछि अगाडि हेर्नुहोस् । ५०–६० सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् । अब सुरुवातको स्थितिमा आउनुहोस् । यो प्रक्रिया ३–५ पटक गर्न सक्नुहुन्छ ।

अधोमुखश्वानासन

यो आसन गर्नका लागि पहिले योगा म्याटमा सिधा उभिनुहोस् । आफ्नो दुवै हात अगाडि ल्याएर भुईँतिर झुक्नुहोस् र हत्केला भुईँमा राख्नुहोस् । अगाडि झुक्दा घुँडा सीधा राख्नुहोस् । अब हत्केला भुईँमा राख्नुहोस् र हात सीधा राख्नुहोस् । सकेसम्म कम्मर उठाउने प्रयास गर्नुहोस् । यस योगासनमा हात, ढाड, कम्मर र खुट्टा सीधा हुनुपर्छ । टाउको जमिन तिर अलिकति झुकेको हुनुपर्छ । आँखा जमिन तिर राख्नुहोस् । पछाडि टाउकोको बराबरमा ढाड राख्नुहोस् केही समय यस पोजिसनमा रहेपछि सामान्य स्थितिमा फर्कनुहोस् ।

नोट: यो लेख योग गुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि  एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ