२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेविमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल

विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल


कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले डर र हिंसा दुवै बढाएको छ। विश्वभर यस्ता घटना भइरहेका छन् जसलाई सामाजिक सञ्जालमार्फत हामी सुन्न र देख्न पाउछौं।

हालै यस्तै एक भिडियो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। एक महिलाले वृद्धलाई हवाई विमानभित्र मास्क नलगाएको भन्दै थप्पड हानेकी छिन्।

महिला प्यासेन्जरले मास्क नलाउने वृद्धलाई देखेर यति रिसाइन कि थप्पडको साथ साथै मुखमै थुकेको भिडियो हाल भाइरल भैरहेको हो। अचम्मको कुरा त के भन्ने मास्क नलगाएको भन्दै गालि गर्ने महिलाले पनि मास्क लगाएकी छैनन्। महिलाको दुर्वव्हारपछि एयरहोस्टेसले रोक्न खोज्दा पनि उनले मानिनन्।

मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट बाट जाने एटलान्टाको डेल्टा उडानको हो। भिडियोमा देखिएकी महिलाको नाम प्याट्रिसिया कोर्नवाल  हो । वास्तवमा, फ्लाइटमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न गइरहेकी थिइन्। तब सो महिलाले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखिन र आक्रोसित भइन। सो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको थियो ।


क्याटेगोरी : भिडियाे, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ