गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महिला/बाल स्वास्थ्य ∕ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, १३:३८ मा प्रकाशित विश्वभर हरेक वर्ष गर्भवती हुने १२ करोडभन्दा बढी महिलामध्ये आधाले सहमति विना नै गर्भधारण गर्ने गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले खुलासा गरेको छ। संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको विश्व जनसङ्ख्या प्रतिवेदन–२०२२ अनुसार सहमतिविना गर्भधारण गर्ने महिलामध्ये करिब ६० प्रतिशतले गर्भपतन गराउने गरेको देखाएको छ । यी कुल गर्भपतनमध्ये ४५ प्रतिशत असुरक्षित छन् । जसका कारण ५-१३ प्रतिशत मातृ मृत्यु हुने गरेको छ। त्यस्तै, ५७ प्रतिशत महिला मात्र प्रजनन र यौनसम्बन्धी निर्णय गर्न सक्षम छन्। युएन जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा. नतालिया केनेमका अनुसार अनिच्छित गर्भधारणका यी तथ्याङ्कहरूले महिला र बालिकाहरूको आधारभूत अधिकारप्रति सम्पूर्ण विश्वको असफलतालाई प्रतिबिम्बित गर्दछ। प्रतिवेदन अनुसार सन् १९९० देखि २०१९ को बीचमा प्रति हजार महिलामा अनिच्छित गर्भधारणको संख्या ७९ बाट ६४ मा झरेको छ । रिपोर्टका अनुसार ६४ देशका महिलामाथि यो अध्ययन गरिएको थियो । जसमध्ये ४७ देशका ४०% महिलाले गर्भनिरोधक साधन प्रयोग गर्दैनन्। जम्मा २३ प्रतिशत महिलाले चाहेर पनि यौनसम्पर्कलाई अस्वीकार गर्न सक्दैनन् र ८ प्रतिशतले गर्भनिरोधक उपायबारे निर्णय गर्न सक्दैनन्। संयुक्त राष्ट्र संघको चकित पार्ने तथ्याङ्क प्रत्येक वर्ष १२.करोड १ लाख गर्भावस्था। ५७ प्रतिशत महिला मात्रै प्रजनन र यौन अधिकारसम्बन्धी निर्णय लिन सक्षम छन्। २३ प्रतिशत महिलाले चाहेर पनि शारीरिक सम्बन्धलाई अस्वीकार गर्न सक्दैनन् । ८ प्रतिशत महिला गर्भनिरोधक निर्णय गर्न असमर्थ। -एजेन्सी क्याटेगोरी : विश्व, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने… एउटा स्वस्थ बच्चाका लागि १००० दिनसम्मको हेरचाह मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ७ सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’