२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महिला/बाल स्वास्थ्य ∕ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ

विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ


विश्वभर हरेक वर्ष गर्भवती हुने १२ करोडभन्दा बढी महिलामध्ये आधाले सहमति विना नै गर्भधारण गर्ने गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले खुलासा गरेको छ।  संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको विश्व जनसङ्ख्या प्रतिवेदन–२०२२ अनुसार  सहमतिविना गर्भधारण गर्ने महिलामध्ये करिब ६० प्रतिशतले गर्भपतन गराउने गरेको  देखाएको छ ।

यी कुल गर्भपतनमध्ये ४५ प्रतिशत असुरक्षित छन् । जसका कारण ५-१३ प्रतिशत मातृ मृत्यु हुने गरेको छ। त्यस्तै, ५७ प्रतिशत महिला मात्र प्रजनन र यौनसम्बन्धी निर्णय गर्न सक्षम छन्।

युएन जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा. नतालिया केनेमका अनुसार अनिच्छित गर्भधारणका यी तथ्याङ्कहरूले महिला र बालिकाहरूको आधारभूत अधिकारप्रति सम्पूर्ण विश्वको असफलतालाई प्रतिबिम्बित गर्दछ।

प्रतिवेदन अनुसार सन् १९९० देखि २०१९ को बीचमा प्रति हजार महिलामा अनिच्छित गर्भधारणको संख्या ७९ बाट ६४ मा झरेको छ । रिपोर्टका अनुसार ६४ देशका महिलामाथि यो अध्ययन गरिएको थियो । जसमध्ये ४७ देशका ४०% महिलाले गर्भनिरोधक साधन प्रयोग गर्दैनन्। जम्मा २३ प्रतिशत महिलाले चाहेर पनि यौनसम्पर्कलाई अस्वीकार गर्न सक्दैनन् र ८ प्रतिशतले गर्भनिरोधक उपायबारे निर्णय गर्न सक्दैनन्।

संयुक्त राष्ट्र संघको चकित पार्ने तथ्याङ्क

  • प्रत्येक वर्ष १२.करोड १ लाख गर्भावस्था।
  • ५७ प्रतिशत महिला मात्रै प्रजनन र यौन अधिकारसम्बन्धी निर्णय लिन सक्षम छन्।
  • २३ प्रतिशत महिलाले चाहेर पनि शारीरिक सम्बन्धलाई अस्वीकार गर्न सक्दैनन् ।
  • ८ प्रतिशत महिला गर्भनिरोधक निर्णय गर्न असमर्थ।

-एजेन्सी


क्याटेगोरी : विश्व, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ