२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात

फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात


अहिले युवायुवतीमा जिमको क्रेज बढ्दै गएको छ । आफूलाई फिट राख्न उनी जिममा पसिना बगाउँछन्, जुन राम्रो कुरा हो । तर, कतिपय युवाहरू जिममा यति धेरै व्यस्त हुन्छन् कि उनीहरू आफ्नो क्षमताभन्दा बाहिरको कसरत गर्न थाल्छन्। यो उनीहरूका लागि हानिकारक मात्र होइन ठूलो समस्या पनि निम्त्याउँन सक्छ ।

जसको एक पछिल्लो उदारहण हुन्, २९ वर्षीय युवा गेब्रियल म्याकेन्ना-लिएशके  । अष्ट्रेलियाको एडिलेडका निवासी गेब्रियल लामो समयदेखि जिम गर्दै आएका थिए । तर, एकपटक उनको यस्तो दुर्घटना भयो, जसको पीडा जीवनभर रहिरहनेछ ।

मिडिया रिपोर्टका अनुसार, गेब्रियल नोभेम्बर २०२० मा जिम सेसन गर्दै थिए। सोहीक्रममा जोशमा आएर उनले ५० किलोको डम्बेल लगाएर व्यायाम गर्न थाले । क्षमताभन्दा बढी तौल बोक्ने कारणले उनको दाहिने बाइसेपको टेन्डन च्यातियो र उनलाई अत्याधिक दुखाइ भयो । (टेन्डनले शरीरको मांसपेशीलाई हड्डीसँग जोड्छ)।

उनको हातको शल्यक्रिया नै गर्नु प-यो । शल्यक्रियापछि गेब्रियल अस्पतालबाट घर फर्किए। तर, दुई–तीन दिनपछि फेरि दुखाइ र अन्य घाउको  सामना गर्नुपरेको थियो । त्यसपछिको तीन दिनमा उनको हात रातो  र सुन्निन थाल्यो । जसकारण  उनको हातको छाला पनि सड्न थाल्यो र काँधसम्म फैलियो । गेब्रियललाई फेरि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ब्याक्टेरियल इन्फेक्सन भएको अनुसन्धानले देखाएको छ।

जब यो संक्रमण गेब्रियलको सम्पूर्ण शरीरमा फैलिन थाल्यो, डाक्टरहरूले ग्याब्रियलको १० दिनमा ११ वटा शल्यक्रिया गरेका थिए । अन्ततः उनीहरूले गेब्रियलको हात काट्नुपर्‍यो। यसपछि उनी पूर्णरुपमा ठिक भएपनि अब उनले बाँकी जीवन एक हातको साहाराले बिताउनु पर्ने भएको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ