२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठविश्वबुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ​​ओमिक्रोन भेरियन्ट पुष्टि

बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ​​ओमिक्रोन भेरियन्ट पुष्टि


बुस्टर डोज लिएका सिंगापुरमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै  बुस्टर डोज लिएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो ।

सिंगापुरको विमानस्थलमा परीक्षणका क्रममा २४ वर्षीया युवतीको प्रारम्भिक रिपोर्टमा ओमिक्रोन पुष्टि भएको छ । त्यस्तै, ६ डिसेम्बरमा जर्मनीबाट फर्किएका एक यात्रुमा पनि ओमिक्रोन भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । दुवैले कोभिड–१९ खोपको तेस्रो डोज पनि लिएका थिए ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले विश्वभर ओमिक्रोन भेरियन्टको संक्रमणलाई हेर्दा ओमिक्रोनका अन्य धेरै केसहरू पनि देखिन सक्ने आशंका गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ओमिक्रोनको लक्षण देखिएपछि दुवै संक्रमितलाई त्यहाँको एक राष्ट्रिय सरुवा रोग केन्द्रमा राखेर उपचार भइरहेको बताइएको छ । साथै उनीहरुको सम्पर्कमा आउने व्यक्तिलाई १० दिन आइसोलेसनमा राखिनेछ ।

सिंगापुर विश्वमा सबैभन्दा राम्रो खोप अभियान चलेको देश हो। यहाँ ८७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । योसँगै करिब २९ प्रतिशत मानिसलाई बुस्टर डोज पनि दिइएको छ । सरकारले छिट्टै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाको डोज सुरु गर्ने भएको छ ।

एजेन्सी 


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ