२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार

बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार


बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हालै लकडाउन गर्न अस्वीकार गरेका छन्। मंगलबार क्रिसमसको अगाडि कडा लकडाउन गर्न उनले अस्वीकार गरेका हुन्।

इङ्गल्याण्डमा द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सम्बन्धित डाटा समीक्षा गर्ने र अर्को हप्ता पछि लकडाउन गर्ने नगर्ने बारेमा विचार गर्ने बताएका छन्।

मंगलबार बेलायतमा ९० हजार ६२९ नयाँ कोरोना संक्रमित थपिएका छन् भने सोमबार ९१ हजार ७४३ भन्दा बढी कोरोना संक्रमण पुष्टि भएको थियो । यी केसहरूमा ओमिक्रोनका केसहरू पनि समावेश छन्।

कोरोना संक्रमण द्रुत गतिमा देखिएपछि प्रधानमन्त्री जोन्सनको एक भिडियो क्लिप सार्वजनिक भएको छ । उनले ओमिक्रोनलाई निकै नजिकबाट निगरानी गरिरहेको भन्दै भिडियो क्लिप सार्वजनिक गरी अवस्था बिग्रियो भने आवश्यक परे यसबारे निर्णय लिने बताएका छन ।

साथै सरकारले तथ्याङ्कलाई नजिकबाट अनुगमन गर्ने र आवश्यक परे क्रिसमसपछि कारबाही गर्न नहिचकिचाउने बताएको छ । उनले भने, ‘मानिसहरू आफ्नो क्रिसमस योजनाहरू अगाडि बढ्न सक्छन्। तर, तिनीहरूले सावधानी अपनाउनुपर्दछ, र सबै नागरिकहरूलाई बुस्टर डोज लिन अपील गरे।

बेलायतमा ओमिक्रोन भेरियन्ट केसहरूमा भएको बृद्धिको बीचमा रानी एलिजाबेथले पूर्वीइंग्ल्याण्डको नोर्फोकमा रहेको उनको सान्ड्रिगम एस्टेटमा परम्परागत क्रिसमस योजना छोडेकी छिन्। उनले भ्रमण रद्द गर्ने निर्णय गरेकी छिन् ।

एलिजाबेथ द्वितीय (९५) ले ओमिक्रोन केसहरूमा वृद्धिलाई ध्यानमा राख्दै शाही परिवारका सदस्यहरूको लागि परम्परागत प्रि-क्रिसमस डिनर रद्द गरिसकेकी छिन्। यो दोस्रो वर्ष हो कि महारानीको परम्परागत क्रिसमस यात्रा योजनाहरू महामारीको कारण रद्द गरिएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ