२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो

अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो


कोभिड-१९ महामारीबाट क्यालिफोर्निया नराम्ररी प्रभावित बनेको अमेरिकामा फेरी संकट परेको छ । न्यूयोर्क र क्यालिफोर्नियामा, कोरोनाको ओमिक्रोन भेरियन्टले बच्चाहरूलाई आक्रमण गरेको छ। न्यूयोर्क शहर र वरपरका मेट्रो क्षेत्रहरूमा संक्रमण पछि अस्पताल भर्ना हुने बच्चाहरूको संख्या हालका साताहरूमा चार गुणा बढेको छ।

क्यालिफोर्नियाका महामारी रोग विशेषज्ञ डा. एरिका प्यानले न्यूयोर्कका अस्पतालमा कोरोनाबाट पीडित बालबालिकाको संख्या बढ्दै जानु दुर्भाग्यपूर्ण भएको बताएकी छन् । सबैभन्दा ठूलो समस्याअस्पतालमा भर्ना भएका यी बालबालिकामध्ये अधिकांश खोप नलगाएका बालबालिका छन् ।

भर्ना हुनेमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका बढी छन् । डा. पानले ट्वीटरमा संक्रमणका घटना बढ्दै गएकाले आफ्ना बालबालिकालाई चाँडोभन्दा चाँडो खोप लगाउन अभिभावकलाई आग्रह गरेका छन् । विज्ञहरूका अनुसार क्यालिफोर्नियाअघि ओमिक्रोनको लहरले न्यूयोर्कलाई घेरेको थियो । यसबाट बालबालिका सहजै सिकार भइरहेका छन् ।

पाँच वर्ष मुनिका बालबालिका पनि जोखिममा

अस्पतालमा भर्ना भएका अधिकांश बालबालिका पाँच वर्षमुनिका पनि छन् । यस्ता बालबालिकालाई अझै खोप लगाउन अनुमति नभएकोले अस्पतालमा भर्ना भएका १२ देखि १७ वर्षका तीन चौथाइ बालबालिकाले खोपको पूर्ण डोज पाएका छैनन्। अस्पतालमा भर्ना भएका पाँच देखि ११ वर्षका बालबालिकाले पनि खोपको कुनै डोज पाएनन्।

न्यूयोर्कमा बालबालिकामा संक्रमणपछि अस्पताल भर्ना हुने क्रम बढ्दै गएपछि क्यालिफोर्नियामा पनि चेतावनी जारी गरिएको छ । यहाँका जनस्वास्थ्य निर्देशक डा. टोमसले क्यालिफोर्नियामा पनि संक्रमणका घटनाहरू बढ्न सक्ने चेतावनी दिएका छन्। मोडलको अध्ययन गर्ने वैज्ञानिकहरूले यस्तो अनुमान गरेका छन्। यस्तो अवस्थामा सचेत रहन सर्वसाधारणलाई अपिल गरिएको छ ।

अपरिचितहरूबाट आफूलाई टाढा राख्ने समय

राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा एन्थोनी फौसीले मानिसहरूलाई पार्टीहरू वा उत्सवहरूमा नजान अपिल गरेका छन् । उनका अनुसार भीडभाडमा कसलाई खोप लगाइएको छ र कसलाई छैन भनेर थाहा हुँदैन। ‘थोरै व्यक्तिहरूसँग घरमा उत्सव मनाउनुहोस्, जहाँ सबैलाई एकअर्काको खोपको स्थिति थाहा छ, ‘उनले भने।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ