२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअस्पतालमा भीड बढ्यो भने उपचार नपाएरै ज्यान जान्छ, कडा उपायले मात्रै रोकिन्छ संक्रमण : डब्ल्यूएचओ

अस्पतालमा भीड बढ्यो भने उपचार नपाएरै ज्यान जान्छ, कडा उपायले मात्रै रोकिन्छ संक्रमण : डब्ल्यूएचओ


विश्वमा कोभिड-१९को संक्रमणलाई नियन्त्रण गर्न नसके धेरै निर्दोष मानिसहरु यसबाट प्रभावित हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ। यस डढेलो जस्तो फालिएको कोभिडका संक्रमणलाई रोक्न कडा नियमको पालना गर्नुपर्ने संगठनको भनाइ छ।

डब्लुएचओकी दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपालले भनिन्,’अहिलेको अवस्थामा विश्वभर कोभिड–१९ को रोकथामका लागि भइरहेका प्रयासहरू छरपस्ट, दिशाहीन र अधुरो रहेको छ । जसकारण ती व्यक्तिहरू पनि जोखिममा परेका छन्, जसले आफ्नो स्तरमा सुरक्षा नियमहरू पालना गरिरहेका छन्।’

यसबाट बच्न भीड नियन्त्रण, सामाजिक दूरी र मास्कको आवश्यकतालाई कडाईका साथ लागू गर्न आवश्यक रहेको उनले बताइन।

सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरूको कडा कार्यान्वयनको लागि आह्वान गर्दै, ‘उनले भनिन्,’जहाँ स्वास्थ्य पूर्वाधार कमजोर हुन्छ, अस्पतालमा भीडभाड बढ्ने हुन्छ, त्यहाँ उपचार नपाएर मानिसको मृत्यु हुन्छ । ओमिक्रोनलाई हल्का रूपमा लिएर लापरवाही गर्नु हुँदैन । संक्रमण नियन्त्रण गर्न कडा कदम चाल्नुपर्छ।’

उनले महामारीमा स्वास्थ्य पूर्वाधार पर्याप्त नभएको अवस्थामा अवस्था थप भयावह हुन सक्ने बताइन । स्वास्थ्य सुविधा नहुँदा ज्यान जोगाउन सक्ने मानिसको ज्यान जाने सम्भावना रहन्छ । त्यसैले संक्रमणको गति घटाउन ध्यान दिनु आवश्यक छ ।
-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ