२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड संक्रमित पत्ता लगाउँदै कुकुर

कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर


कुकुरहरूसँग सुँघ्ने अद्भुत क्षमता हुन्छ। यही विशेष क्षमताले कोभिड-१९ संक्रमण भए/नभएको पत्ता लगाउँदै छन्, कुकुर। सुन्दा अचम्म लाग्छ । तर, अमेरिकामा त्यस्ता स्निफर कुकुरहरू छन् जसले विश्वव्यापी महामारी कोभिड-१९बाट संक्रमित व्यक्तिको पहिचान सुँघेर पत्ता लगाइरहेको छ।

बम, शंकास्पद वस्तु तथा व्यक्ति, पहाडमा हिउँमा गाडिएका मानिस फेला पार्ने जस्ता महत्वपूर्ण काममा सेना र प्रहरीले स्निफर कुकुरको प्रयोग अहिलेसम्म सुनेको र देखेको होला । तर, अमेरिकामा विशेष तालिम प्राप्त कुकुरहरूले पनि कोभिड पोजिटिभ बिरामीहरू पहिचान गर्न थालेका छन्। यदि उनीहरुले कुनै एक व्यक्तिको कोरोना भाइरसको पुष्टि गरेको छ भने सो व्यक्तिले आर्टिपिसिआर परीक्षण गराउनु पर्दैन। कुकुरहरु गन्धको दैवी शक्तिको बलमा कोभिड–१९ को पुष्टि गरिरहेका छन् ।

सिएनएनका अनुसार अमेरिकाको म्यासाचुसेट्समा स्निफर कुकुरहरूलाई विद्यालयमा घुमाइने गरिएको छ । दुई जवान कुकुरहरू – हान्ताह र ड्यूकलाई एक प्रयोगशालाको भाग बनाउनको लागि एउटा कार्यक्रम सुरु गरिएको छ । जसले हरेक दिन १५ विद्यालयहरूमा गएर  भाइरसको गन्ध पत्ता लगाउने गरेका छन् ।

अमेरिकाका निजी फर्महरूले पनि कोभिड पत्ता लगाउन कुकुरहरूलाई तालिम दिएका छन्। जसले उनीहरूलाई पनि फाइदा पुगेको छ । कोभिड स्निफिङ कुकुरहरू कोभिड पहिचानका निम्ति कन्सर्ट र कार रेस जस्ता ठूला कार्यक्रमहरूमा प्रयोग भइरहेका छन्।

‘बायो डिटेक्शन, क्यान्सर र मधुमेह पनि पहिचान गर्दै’

मिडिया रिपोर्टका अनुसार अमेरिकामा क्यान्सर, मधुमेह र पार्किन्सनजस्ता रोग पहिचान गर्न स्निफर कुकुरको प्रयोग भइरहेको छ । यो प्रक्रियालाई ‘बायोडेटेक्शन’ वा जैविक अनुसन्धान भनिन्छ।

यसरी, रोग परीक्षण गर्न कुनै रसायनको आवश्यक नपर्ने विज्ञहरु बताउँछन्। सन् २०१९-२० मा कोभिड-१९ महामारी फैलिएपछि अमेरिकी वैज्ञानिकहरूले कोभिड अनुसन्धानमा ‘सर्च डग’को सेवा प्रयोग गर्न थालेका थिए । जुन अहिले आएर सफल भएको छ ।

अमेरिकी सरकारको नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन (एनसीबीआई) ले कुकुरहरूले आफ्नो शक्तिको सहायताले १.५ ट्रिलियन पदार्थ पत्ता लगाउन सक्ने बताएको छ। जब कोही बिरामी हुन्छ, उसको शरीरबाट विशेष प्रकारका वाष्पशील जैविक यौगिकहरू (VOCs) निस्किन्छन्। यस्तो अवस्थामा जब कुनै व्यक्ति कोरोना संक्रमित हुन्छ, तब यी कुकुरहरूले उसको शरीरबाट आउने विशेष गन्धलाई चिन्छन्। यिनीहरूलाई बायो डिटेक्शन कुकुर भनिन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ