२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यखोप अभियानको विरोधले क्यानडाको राजधानी तनावग्रस्त, लाग्यो संकटकाल

खोप अभियानको विरोधले क्यानडाको राजधानी तनावग्रस्त, लाग्यो संकटकाल


कोभिड-१९ महामारीकोबीचमा नेपाललगायत धेरै देशका सरकारहरूले खोपका बारेमा जनतालाई सचेत गराउनुका साथै खोप लगाउन अपिल गरिरहेका छन् । यसैबीच, क्यानडा सरकारले खोप अनिवार्य गरेको छ। सरकारको यो निर्णयको विरोधमा ट्रक चालक विगत एक सातादेखि आन्दोलनरत छन् । यसैलाई ध्यानमा राख्दै क्यानडाको राजधानी ओटावाका मेयरले संकटकाल घोषणा गरेका छन् ।

त्यहाँका मेयर जिम वाट्सनका अनुसार सहर पूर्णरूपमा नियन्त्रण बाहिर पुगेको थियो। प्रहरीभन्दा आन्दोलनकारीको संख्या बढी छ । आन्दोलनले नगरवासीको सुरक्षामा खतरा उत्पन्न भएको उनले बताए । ओटावाको डाउनटाउन क्षेत्रमा ट्रक चालकहरूले चिन्ताजनक अवस्था सिर्जना गरेका छन्। गाडी र टेन्टले राजमार्ग अवरुद्ध गरेका छन् ।

सबै ट्रक चालकलाई कोभिड विरुद्ध खोप लगाउनु पर्ने सरकारको निर्णयको विरोधमा ‘फ्रिडम कन्भोई’ नामक प्रदर्शन सुरु भएको हो । यस्तो अवस्थामा अदालत र सरकारको सहयोग आवश्यक रहेको मेयर बताउँछन् ।

सरकारले खोप अनिवार्य गरेको विरोधमा आन्दोलनकारी गत माघ २९ गते राजधानी पुगेका थिए । तिनीहरूले आफ्ना ट्रकहरू शहरको सडकको बीचमा पार्क गरे र पालले अस्थायी आश्रयहरू बनाए। यसले सहरका अधिकारीहरूमा आतंक र बासिन्दाहरूमा निराशा पैदा गर्‍यो, जसले राजधानीमा अराजकता निम्त्यायो।

मेयरले ट्रक चालकलाई भने ‘असंवेदनशील’

मेयर वाटसनले ट्रक चालकहरूलाई ‘संवेदनशील’ भनेका छन् । ट्रक चालकहरुले लगातार हर्न र साइरन बजाइरहेको उनको भनाइ छ । यससँगै पटाका पड्काउदै पार्टी गरिरहेको छन् । युएस-क्यानाडा सीमा पार गर्दा खोपको आवश्यकताबाट रिसाएका ट्रक चालकहरूले विरोधको रूपमा प्रदर्शन सुरु गरे, तर कोभिड-१९ स्वास्थ्य प्रतिबन्ध र प्रधानमन्त्री जस्टिन ट्रूडोको सरकारविरूद्ध व्यापक विरोधमा परिणत भयो।

आन्दोलनकारीले लगातार हर्न बजाउने र दुव्र्यवहार गरेको भन्दै स्थानीयले प्रहरीमा गुनासो गरेका छन् । तर, ट्रक चालक र उनका समर्थकहरूले कोभिड–१९ को प्रतिबन्ध नहटाउँदासम्म आन्दोलन जारी रहने बताएका छन् । प्रहरीले आन्दोलनकारीलाई धर्नामा बस्न सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यसबारे स्थानीय प्रहरीले ट्विट गर्दै आन्दोलनकारीलाई कुनै पनि प्रकारको सहयोग वा सामग्री उपलब्ध गराउनेलाई पक्राउ गर्न सकिने बताएको छ ।

एजेन्सी 


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ