गृहपृष्ठ ∕ समाचार ∕ शिक्षण अस्पतालले कोरोना संक्रमितको सम्पर्कमा रहेकालाई क्वारेनटाइनमा राखेर नियमित सेवा दिने शिक्षण अस्पतालले कोरोना संक्रमितको सम्पर्कमा रहेकालाई क्वारेनटाइनमा राखेर नियमित सेवा दिने हेल्थ आवाज बिहिवार, २०७७ जेठ १ गते, १४:४८ मा प्रकाशित A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen काठमाडौं–त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य सेवा नियमित गर्ने निर्णय गरेको छ । बिहिबार बिहान न्युरो सर्जरी वार्डमा भर्ना भएकी एक बालिकामा कोभिड—१९ संक्रमण देखिएपछि अस्पतालको सेवा के गर्ने भन्ने विषयमा अस्पतालको बैठक बसेको थियो । सो बैठकले संक्रमित बालिकाका सम्पर्कमा आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर नियमित सेवा सुचारु गर्ने निर्णय गरेको कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिए । साथै, तत्काललाई इलेक्टीभ सर्जरी नगर्न र आकस्मिक सर्जरी गर्दा आवश्यक सुरक्षा कवच प्रयोग गर्न भनेको छ । संक्रमित बालिकाको सम्पर्कमा आएका अन्य सेकेण्डरी कन्ट्रयाकको पनि खोजपड्ताल सुरु गरी पिसिआरको व्यवस्था गरिने अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ