२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा शुक्रबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि

पर्सामा शुक्रबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि


जनकपुर– पर्सामा शुक्रबार थप तीजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जमा दुई जना युवतीसहित जिल्लामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मदन उपाध्यायले बताए ।

संक्रमण हुनेहरूमा पर्साको सखुवा प्रर्सौैनी गाउँपालिकाका २२ वर्षीय पुरुष, वीरगञ्ज श्रीपुरकी १८ वर्षीया युवती र काठमाडौं स्थायी ठेगाना भै वीरगञ्जमा काम गर्दै आएकी ४५ वर्षीया महिला रहेको उपाध्यायले बताए ।

असार ३१ गते स्वाब सँकलन गरी नारायणी अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकमा ल्याउने तयारी भैरहेको मेसु उपाध्यायले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ