गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदी प्रसुती तथा स्त्री रोग विशेषज्ञ | परोपकार प्रसुती गृह शुक्रबार, २०७७ साउन २३ गते, १०:५० मा प्रकाशित सामान्य अवस्थाभन्दा गर्भावस्था तुलनात्मक रुपमा संवेगात्मक एवं संवेदनशील अवस्था हो । यो बेला महिलाले आफ्नो स्वास्थ्यको धेरै हेरविचार गर्नुपर्ने हुन्छ । महिलाले गरेको सानो लापरवाही तथा हेलचेक्रयाइले मात्रै पनि आमा–शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुने भएकोले गर्भावस्थामा आमामा देखिएको सानो परिवर्तनलाई पनि विशेष रुपमा ध्यान दिनुपर्दछ । गर्भावस्थामा महिलामा प्रत्येक महिना क्रमिक रुपमा केही न केही परिवर्तन त देखि नै रहन्छन् । तीमध्ये केही सामान्य हुन्छन् भने केहीले जटिल अवस्थातर्फ संकेत दिइरहेका हुन्छन् । तसर्थ, यस्तो समयमा हामीले देखिएका प्रत्येक परिवर्तनलाई ध्यानपूर्वक नियाल्नु पर्छ । भनेपछि के हुन् त? गर्भावस्थामा दैनिक ध्यान दिनुपर्ने मुख्य कुराः गर्भावस्थामा मुख्य रुपमा ध्यान दिनुपर्ने कुराहरुः नियमित चेक जाँच गराउने । शिशु चल्न थालेपछि १ दिनमा कम्तिमा पनि १२ देखि १४ पटकसम्म शिशु चले वा नचलेको ख्याल राख्ने । रक्तस्राव एवं सेतो पानी बगे—नबगेको ध्यान दिने । आफ्नो तौल कत्तिको मात्रामा बढिरहेको छ, त्यो पक्षमा ध्यान दिने । गर्भावस्थामा कसैको तौल नबढ्ने हुन्छ भने कसैको ह्वात्तै बढ्छ । गर्भावस्थामा गर्भवती कम्तिमा १० किलोसम्म बढ्नु सामान्य भएतापनि एकैचोटी तौल बढ्ने लक्षण थाइराइडको समस्या पनि हुनसक्छ । जसमा कसैको तौल १ महिनाको अवधिमा नै एकैपटक ३–४ केजी बढ्न सक्छ । जुन आमा तथा शिशु दुवैको निम्ति हानिकारक मानिन्छ । तसर्थ यस पक्षमा विशेष ध्यान दिने । गर्भवती महिलालाई स्याँ–स्याँ हुने समस्या देखिन्छ । तर, सामान्य रुपमा बाथरुम तथा ट्वाइलेट बस्दा श्वास फेर्न गाह्रो हुने, मुटु दुखेजस्तो हुने तथा मुटु धेरै धड्किने भएमा मुटुरोगको लक्षण हुनसक्छ । यस्तो भएमा चिकित्सकको तुरुन्त सल्लाह लिने । टाउको दुख्ने, आँखा धमिलो हुने र पेट दुख्ने लक्षण उच्च रक्तचापका लक्षण हुन् । तसर्थ, नियमित रक्तचाप परीक्षण गर्ने । पौष्टिक एवं उचित आहार खाने । बिबिरा नदेखिकन शरीर चिलाउन थालेमा गर्भवतीमा जोखिम बढ्दछ । तसर्थ, यस्ता समस्या आफूलाई देखा परे वा नपरेको ध्यान दिने । जण्डिस गर्भवतीका लागि जोखिमपूर्ण समस्या हो । तसर्थ, शरीरमा पहेलो देखिए वा नदेखिएको ख्याल गर्ने । ज्वरो आएमा, पिसाब पोल्ने समस्या भएमा वा पिसाब छिटो–छिटो लागेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता… नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के… डा. सन्तोष पोखरेलको सल्लाहः किन हुन्छ निमोनिया, कसरी बच्न सकिन्छ… डा. आशिका साहको सल्लाह : किन फरफराउँछन् शरीरका अंगहरु ? वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका गर्भवती महिलालाई २२ सुझाव जाडो याममा यसरी जोगाऔं बालबालिका धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ४ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन महामारीमा सिमित स्रोतको व्यवस्थापन 'सुदर्शन स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी पवित्रा सुनारलाई अशक्तको घरमा पुगेर स्वाब संकलन गर्दै विराटनगर महानगर कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन महामारीमा सिमित स्रोतको व्यवस्थापन 'सुदर्शन स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी पवित्रा सुनारलाई अशक्तको घरमा पुगेर स्वाब संकलन गर्दै विराटनगर महानगर कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा