गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदी प्रसुती तथा स्त्री रोग विशेषज्ञ | परोपकार प्रसुती गृह शुक्रबार, २०७७ साउन २३ गते, १०:५० मा प्रकाशित सामान्य अवस्थाभन्दा गर्भावस्था तुलनात्मक रुपमा संवेगात्मक एवं संवेदनशील अवस्था हो । यो बेला महिलाले आफ्नो स्वास्थ्यको धेरै हेरविचार गर्नुपर्ने हुन्छ । महिलाले गरेको सानो लापरवाही तथा हेलचेक्रयाइले मात्रै पनि आमा–शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुने भएकोले गर्भावस्थामा आमामा देखिएको सानो परिवर्तनलाई पनि विशेष रुपमा ध्यान दिनुपर्दछ । गर्भावस्थामा महिलामा प्रत्येक महिना क्रमिक रुपमा केही न केही परिवर्तन त देखि नै रहन्छन् । तीमध्ये केही सामान्य हुन्छन् भने केहीले जटिल अवस्थातर्फ संकेत दिइरहेका हुन्छन् । तसर्थ, यस्तो समयमा हामीले देखिएका प्रत्येक परिवर्तनलाई ध्यानपूर्वक नियाल्नु पर्छ । भनेपछि के हुन् त? गर्भावस्थामा दैनिक ध्यान दिनुपर्ने मुख्य कुराः गर्भावस्थामा मुख्य रुपमा ध्यान दिनुपर्ने कुराहरुः नियमित चेक जाँच गराउने । शिशु चल्न थालेपछि १ दिनमा कम्तिमा पनि १२ देखि १४ पटकसम्म शिशु चले वा नचलेको ख्याल राख्ने । रक्तस्राव एवं सेतो पानी बगे—नबगेको ध्यान दिने । आफ्नो तौल कत्तिको मात्रामा बढिरहेको छ, त्यो पक्षमा ध्यान दिने । गर्भावस्थामा कसैको तौल नबढ्ने हुन्छ भने कसैको ह्वात्तै बढ्छ । गर्भावस्थामा गर्भवती कम्तिमा १० किलोसम्म बढ्नु सामान्य भएतापनि एकैचोटी तौल बढ्ने लक्षण थाइराइडको समस्या पनि हुनसक्छ । जसमा कसैको तौल १ महिनाको अवधिमा नै एकैपटक ३–४ केजी बढ्न सक्छ । जुन आमा तथा शिशु दुवैको निम्ति हानिकारक मानिन्छ । तसर्थ यस पक्षमा विशेष ध्यान दिने । गर्भवती महिलालाई स्याँ–स्याँ हुने समस्या देखिन्छ । तर, सामान्य रुपमा बाथरुम तथा ट्वाइलेट बस्दा श्वास फेर्न गाह्रो हुने, मुटु दुखेजस्तो हुने तथा मुटु धेरै धड्किने भएमा मुटुरोगको लक्षण हुनसक्छ । यस्तो भएमा चिकित्सकको तुरुन्त सल्लाह लिने । टाउको दुख्ने, आँखा धमिलो हुने र पेट दुख्ने लक्षण उच्च रक्तचापका लक्षण हुन् । तसर्थ, नियमित रक्तचाप परीक्षण गर्ने । पौष्टिक एवं उचित आहार खाने । बिबिरा नदेखिकन शरीर चिलाउन थालेमा गर्भवतीमा जोखिम बढ्दछ । तसर्थ, यस्ता समस्या आफूलाई देखा परे वा नपरेको ध्यान दिने । जण्डिस गर्भवतीका लागि जोखिमपूर्ण समस्या हो । तसर्थ, शरीरमा पहेलो देखिए वा नदेखिएको ख्याल गर्ने । ज्वरो आएमा, पिसाब पोल्ने समस्या भएमा वा पिसाब छिटो–छिटो लागेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?