२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सरकारी क्यान्सर अस्पतालका निर्देशक नै निजी अस्पतालमा धाउँदै

सरकारी क्यान्सर अस्पतालका निर्देशक नै निजी अस्पतालमा धाउँदै


काठमाडौं—सरकारले सरकारी सेवामा आवद्ध चिकित्सकलाई निजी क्लिनिक जान रोक लगाएको छ । तर, त्यसको पालना भने भएको छैन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सहरु निजी अस्पतालमा केन्द्रित हुँदा बिरामी मर्कामा परेका छन् ।

कोरोना भाइरसको त्रासको बेलामा समेत अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम अस्पताल छाडेर निजीमा सेवा दिइरहेको भेटिएको छ । उनले मंगलबार साँझ भरतपुरमा रहेको चितवन हस्पिटलमा एक विरामीको अपरेशन गरेको फेला परेको छ । नाक, कान, घाटीको क्यान्सर सम्बन्धि रोगको सर्जरी गर्दै आएका उनले आफ्नै अस्पतालमा भएको सेवा पनि निजीमा गएर दिएको भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ९ साउनमा आफूअन्तर्गतका विभाग, केन्द्र, महाशाखा, परिषद् र प्रतिष्ठान तथा तीनवटै तहका स्वास्थ्य संस्थाहरूमाकार्यरत प्रमुख वा कार्यकारी प्रमुखले निजी अस्पतालमा काम गर्न नपाउने भनेको छ । अस्पतालका अनुसार यस अस्पतालका दुई तिहाई चिकित्सक निजीमा आवद्ध छन् ।

निर्देशक डा. गौतमले आफू निजीमा गएर सेवा दिएको स्वीकार गरेका छन् । ‘चिनजानको मान्छेले नै तपाईंले यो बिरामी हेर्दिन प¥यो भने पछि हेरेको हुँ,’ उनले भने ।

तस्विरः मंगलबार चितवन हस्पिटलमा सर्जरी गर्दै डा. गौतम


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ