गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:५६ मा प्रकाशित जनकपुर – ११ महिनादेखि मासिक पारिश्रमिक नपाएको भन्दै धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प गरि आन्दोलनमा उत्रेका छन् । मेडिकल कलेजका कर्मचारीहरुले ११ महिनाको मासिक पारिश्रमिक र ६ बर्षको संचय कोष बापतको रकम भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक-पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले मागको वास्ता नगर्दा आन्दोलन थालेका छन् । पारिश्रमिक नदिएपछि बाध्य भएर कर्मचारीहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले वताए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् । कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे । कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट