गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:५६ मा प्रकाशित जनकपुर – ११ महिनादेखि मासिक पारिश्रमिक नपाएको भन्दै धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प गरि आन्दोलनमा उत्रेका छन् । मेडिकल कलेजका कर्मचारीहरुले ११ महिनाको मासिक पारिश्रमिक र ६ बर्षको संचय कोष बापतको रकम भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक-पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले मागको वास्ता नगर्दा आन्दोलन थालेका छन् । पारिश्रमिक नदिएपछि बाध्य भएर कर्मचारीहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले वताए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् । कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे । कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो धेरै पढिएका १ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ४ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा