गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो मानदत्त रावल शुक्रबार, २०७७ असोज १६ गते, १४:०४ मा प्रकाशित जुम्ला – कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्युसहित मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार असोज १३ गते घरमै मृत्यु भएकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पीपीरामा बस्दै आएकी थिइन् । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए । उनका अनुसार एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको थियो । श्रीमानको स्थानीयले मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरेका थिए । उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकैबेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होमक्वारेन्टिनमा थिए । जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । असार ८ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान