२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यके हो यौन सम्पर्कको समयमा चारमध्ये तीन महिलामा हुने ‘डिस्पेरुनिया’ ?

के हो यौन सम्पर्कको समयमा चारमध्ये तीन महिलामा हुने ‘डिस्पेरुनिया’ ?


 

 

डा. पुजा लामा
प्रसुती तथा यौन विशेषज्ञ

 

यौन सम्पर्कको बेला सामान्यतयाः महिला र पुरुष दुई जनालाई नै दुखाइ महसुस हुन सक्छ । यो समस्याबाट धेरै पीडा महिलालाई हुने गर्छ । सेक्सको बेला योनी पोल्ने, अत्याधिक पीडा हुने समस्यालाई मेडिकल भाषामा ‘डिस्पेरुनिया’ भनिन्छ ।

कारण फरक—फरक भएतापनि दाम्पत्य जीवनमा भने ठूलो असर गर्छ । यसले महिलालाई मनोवैज्ञानिक असर गर्छ । एक अध्ययनअनुसार चारजना महिलामध्ये तीनजना यो समस्या भोगिरहेका हुन्छन् ।

‘डिस्पेरुनिया’का लक्षण

  •  यौन सम्बन्ध राख्दा अत्याधिक पीडा हुनु
  • यौन सम्बन्धको समयमा योनीमा पोलेकोजस्तो हुनु
  • यौन सम्बन्धपछि पीडा हुनु

डिस्पेरुनियाका कारण

  • यिस्ट संक्रमण हुनु
  • योनी रसको उत्पादन नहुनु
  • गर्भ निरोधक पिल्सको बढी उपयोग गर्नु
  • महिनावारी रोकिने समयमा
  • पाचन प्रक्रिया सम्बन्धि समस्या
  • पिसाब सम्बन्धि समस्या
  • पेल्भिकमा समस्या
  • एन्ड्रोमेट्रोसिस
  • ओभरियन सिस्ट
  • यौनाङ्गमा चोटपटक

उपचारका विधि

औषधि खानेः औषधि खाएर डिस्पेरुनिया समाधान गर्न सकिन्छ । योनीको सुख्खापनले गर्दा दुखाई महसुस भएको छ भने एस्ट्रोजन हर्मोन दिने गरिन्छ, जसले महिलामा एस्ट्रोजन हर्मोनको मात्रा बढाउँछ अनि यौनी सुख्खापना हुन पाउँदैन् ।

डिसेन्सिटाइजेसन थेरापीः यो उपचार पद्धतिमा बिरामीको योनीलाई आराम हुने ब्यायाम सिकाइन्छ । डाक्टरको सल्लाहअनुसार बिरामीलाई पेल्भिक फ्लोर ब्यायामजस्तो कि किगल एक्ससाइज पनि गर्न लगाइन्छ ।

काउन्सेलिङ अथवा सेक्स थेरापी : लामो समयसम्म दुखाइको उपचार गर्दा पनि यौन इच्छा कम भए, बिरामीको श्रीमानले सम्बन्ध बनाउन नमान्दा बिरामीले डाक्टरसँग आफ्नो समस्या राखेर डाक्टरको सहयोगमा फेरि दुई जनाको सम्बन्ध प्रगाढ बनाउने तरिकाको प्रयोग गरिन्छ । कहिलेकाही मानसिक र मनोवैज्ञानिक कारणले दुखाई हुने भएकाले मनोविद् र मानसिक समस्या विशेषज्ञको परामर्शबाट पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ