२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ६२ संक्रमित कोरोनामुक्त, ८७ जना नयाँ संक्रमित थपिए

६२ संक्रमित कोरोनामुक्त, ८७ जना नयाँ संक्रमित थपिए


काठमाडौं—नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पीसीआर परीक्षण भएकोमा थप ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ३६१ पुगेको छ।

यस्तै, बुधबार ४२ जना आइसियुमा र ९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ जना पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ