२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशतिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन

तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन


पोखरा—फिजियो थेरापी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट शिवप्रसाद तिवारी अध्यक्ष चयन भएका छन् । शनिबार पोखरामा भएको अधिवेशनले उपाध्यक्ष विवेक लम्साल, सचिव सुरेश पहारी, कोषाध्यक्ष प्रवीण त्रिपाठी चयन गरेको छ ।

सदस्यहरु किशोर पराजुली, हरिशचन्द्र जोशी, सरोज थापा, चन्द्रबहादुर खत्री, सुरक्षा पराजुली, सुनील न्यौपाने र मनीषकुमार शाह छन् ।

अधिवेशन उद्घाटन सत्रका वक्ताहरुले फिजियोथेरापी सेवा विस्तार गर्न र यसको महत्व आम नागरिकलाई बुझाउन संघले भूमिका खेल्नुपर्ने बताए ।

अध्यक्ष शिवप्रसाद तिवारीले महिनाको एकपटक फिजियोथेरापीसम्बन्धी कार्यक्रम गर्ने, जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने, फिजियोथेरापी सेवामा संलग्न चिकित्सकहरुको सीप विकास गराउँदै संस्था र व्यक्तिलाई सबल बनाउने योजना प्रस्तुत गरे ।

देशभर ३ हजार हाराहारीमा फिजियोथेरापिस्ट रहेको अध्यक्ष तिवारीले बताए । उनका अनुसार गण्डकीमा ५६ जना थेरापिस्ट रहेको उनले बताए । त्यसबाहेक पोखरा विश्वविद्यालयमा ४० जना फिजियो थेरापिस्ट विद्यार्थी रहेको उनले स्पष्ट पारे । पोखरामा मात्रै ४४ जना फिजियोथेरापिस्ट रहेका छन् ।

फिजियोथेरापीको माध्यमबाट उपचार गर्दा माइक्रो वेभ, करेन्ट, कसरत लगायत फिजिकल एजेन्टको उपयोग गरिने तिवारीले जानकारी दिए । आयुर्वेदिक औषधीहरुको भने उपयोग हुँदैन् ।

फिजियोथेरापीको माध्यमबाट पक्षघातको समस्या भएमा, हातखुट्टा टेक्न समस्या भएमा, नचल्ने बांगिने भएमा, ढाड दुखेको, नसा च्यापिएका समस्यामा लाभ लिन सकिने तिवारी बताउँछन् ।

पछिल्लो समय राज्यस्तरबाट फिजियोथेरापीलाई प्रोत्साहन भएको उनको भनाइ थियो । उनले भने, ‘५० बेडभन्दा माथिका अस्पतालहरुले फिजियोथेरापिस्ट सेवा पनि दिने व्यवस्था मिलाइरहेका छन् । हामीले अस्पताहरुकै सहकार्यमा सेवा दिइरहेका छौं । छुट्टै क्लिनिकबाट पनि सेवा दिने गरेका छौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ