२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदोस्रो प्राथमिकतामा सुरुका १० दिन ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ माथिका नागरिकलाई खोप लगाइने

दोस्रो प्राथमिकतामा सुरुका १० दिन ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ माथिका नागरिकलाई खोप लगाइने


काठमाडौं—कोरोना विरुद्धको खोप कोभिशिल्ड दोस्रो प्राथमिकताका सुरुका १० दिन ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइने भएको छ । २३ फागुनबाट दोस्रो प्राथमिकताका रहेकालाई खोप लगाउँदा सुरुका १० दिन ६५ वर्षमाथिका जेष्ठ नागरिकले मात्रै खोप लगाउन पाउनेछन् ।

त्यसपछिको १० दिनमा ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई कोरोना विरुद्धको खोप दिइनेछ ।

‘दोस्रो प्राथमिकतामा सुरुका १० दिन ६५ वर्षमाथिका नागरिकलाई खोप दिइनेछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, ‘त्यसपछिका १० दिन ५५ वर्षमाथिकालाई खोप दिइनेछ ।’

प्राथमिकताको दोस्रो चरणअन्तर्गत यसअघि मन्त्रालयले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो प्राथमिकतामा खोप दिने तयारी गरेको थियो । तर, खोपको उपलब्धता कम भएपछि सुरुका १० दिन ६५ वर्षमाथिका नागरिकलाई मात्रै खोप दिइनेछ ।

त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक र सह—चालकलाई खोप लगाइने छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ