२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ डब्लुएचओले भन्यो, ‘कोरोनाविरुद्धको खोप अभियान सुस्त भयो’

डब्लुएचओले भन्यो, ‘कोरोनाविरुद्धको खोप अभियान सुस्त भयो’


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यूरोपेली मुलुकमा कोरोना खोप अभियान कार्यक्रमको रफ्तार सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको छ। संगठनका एक वरिष्ठ अधिकारीले बिहिबार भने, ‘कोरोना विरुद्ध यूरोपीय देशको खोप अभियान कार्यक्रम अस्वीकार्य रूपमा सुस्त भयो जसले गर्दा महामारीको लामो समयसम्म खतरा हुने देखियो।’

‘खोप यस महामारीबाट निस्कने सर्वश्रेष्ठ तरिका हो। आजसम्ममा यूरोपले मात्र १० प्रतिशत जनसंख्यालाई खोपको एक डोज दिएको छ र जम्मा ४ प्रतिशतले दुई डोज पाएका छन्।, ‘डब्ल्यूएचओको यूरोपका लागि क्षेत्रीय निर्देशक डा. हन्स क्लूजले भने।

संगठनका अनुसार ८० वर्षभन्दामाथिका उमेर वर्गबाहेककामा कोरोना तीव्ररुपले फैलिरहेको छ। जबसम्म अभियानको रफ्तार सुस्त रहन्छ तबसम्म सबैले सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षा उपाय अपनाउन पर्ने संगठनले सुझाएको छ  गरेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ