गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण हेल्थ आवाज आईतबार, २०७६ भदौ २२ गते, ०८:२४ मा प्रकाशित बुटवल-बुटवलमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची मरेङ्ग स्थायी घर भई हाल कपिलवस्तुमा बस्दैं आएकी ६१ वर्षीय सावित्रा आचार्यको डेंगु संक्रमणबाट मृत्यु भएको हो । जिल्लामा उनीसँगै डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक सवित्रा आचार्य नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । उनको शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीमा डेंगुबाट संक्रमित हुनेहरुको संख्या भने बढिरहेको छ । २६ दिनको अवधिमा सरकारी तथ्यांकमा आएका मात्रै ७२ जना संक्रमित भै सकेका छन् । रुपन्देहीमा रहेका निजी अस्पतालहरुमा ठूलो संख्यामा डेंगु संक्रमणका बिरामी रहेका छन् । कतिपय बिरामीहरु अझै पनि अस्पतालको पहुँचमा आउन नसकेको बताइन्छ । डेंगु संक्रमण तीव्र देखिएपनि ठिक भएर घर फर्कनेको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । यस बर्ष जिल्लामा पहिलो पटक गत साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएका थिए । त्यसयता निरन्तर डेंगु संक्रमणका बिरामीहरु बढ्दैं गएका छन् । भारतीय सीमा क्षेत्रसमेत पर्ने हुनाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा बढी संक्रमितहरु देखिने गरेका छन् । ‘डेंगु महामारी कै रुपमा देखा पर्न लागेको छ । त्यसबाट बच्चनका लागि सबै सचेत हुनु आवश्यक छ,’ डा. गिरीले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?