गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण हेल्थ आवाज आईतबार, २०७६ भदौ २२ गते, ०८:२४ मा प्रकाशित बुटवल-बुटवलमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची मरेङ्ग स्थायी घर भई हाल कपिलवस्तुमा बस्दैं आएकी ६१ वर्षीय सावित्रा आचार्यको डेंगु संक्रमणबाट मृत्यु भएको हो । जिल्लामा उनीसँगै डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक सवित्रा आचार्य नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । उनको शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीमा डेंगुबाट संक्रमित हुनेहरुको संख्या भने बढिरहेको छ । २६ दिनको अवधिमा सरकारी तथ्यांकमा आएका मात्रै ७२ जना संक्रमित भै सकेका छन् । रुपन्देहीमा रहेका निजी अस्पतालहरुमा ठूलो संख्यामा डेंगु संक्रमणका बिरामी रहेका छन् । कतिपय बिरामीहरु अझै पनि अस्पतालको पहुँचमा आउन नसकेको बताइन्छ । डेंगु संक्रमण तीव्र देखिएपनि ठिक भएर घर फर्कनेको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । यस बर्ष जिल्लामा पहिलो पटक गत साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएका थिए । त्यसयता निरन्तर डेंगु संक्रमणका बिरामीहरु बढ्दैं गएका छन् । भारतीय सीमा क्षेत्रसमेत पर्ने हुनाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा बढी संक्रमितहरु देखिने गरेका छन् । ‘डेंगु महामारी कै रुपमा देखा पर्न लागेको छ । त्यसबाट बच्चनका लागि सबै सचेत हुनु आवश्यक छ,’ डा. गिरीले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन