गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण हेल्थ आवाज आईतबार, २०७६ भदौ २२ गते, ०८:२४ मा प्रकाशित बुटवल-बुटवलमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची मरेङ्ग स्थायी घर भई हाल कपिलवस्तुमा बस्दैं आएकी ६१ वर्षीय सावित्रा आचार्यको डेंगु संक्रमणबाट मृत्यु भएको हो । जिल्लामा उनीसँगै डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक सवित्रा आचार्य नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । उनको शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीमा डेंगुबाट संक्रमित हुनेहरुको संख्या भने बढिरहेको छ । २६ दिनको अवधिमा सरकारी तथ्यांकमा आएका मात्रै ७२ जना संक्रमित भै सकेका छन् । रुपन्देहीमा रहेका निजी अस्पतालहरुमा ठूलो संख्यामा डेंगु संक्रमणका बिरामी रहेका छन् । कतिपय बिरामीहरु अझै पनि अस्पतालको पहुँचमा आउन नसकेको बताइन्छ । डेंगु संक्रमण तीव्र देखिएपनि ठिक भएर घर फर्कनेको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । यस बर्ष जिल्लामा पहिलो पटक गत साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएका थिए । त्यसयता निरन्तर डेंगु संक्रमणका बिरामीहरु बढ्दैं गएका छन् । भारतीय सीमा क्षेत्रसमेत पर्ने हुनाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा बढी संक्रमितहरु देखिने गरेका छन् । ‘डेंगु महामारी कै रुपमा देखा पर्न लागेको छ । त्यसबाट बच्चनका लागि सबै सचेत हुनु आवश्यक छ,’ डा. गिरीले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार थप ७८ जनामा कोभिड पुष्टि, सक्रिय केस मात्रै ५०८ स्वास्थ्य संस्था सेवामूलक हुनुपर्दछ : स्वास्थ्यमन्त्री यादव भ्याली मेटरनिटी नर्सिङ होममा प्रा.डा. चन्दा कार्कीको टिम, भ्याली हस्पिटलका… दुर्गा प्रसाईले दुवईमा अलपत्र परेको नेपालीको शव ल्याउन पहल गर्ने प्रतिष्ठानको सहकुलपतिदेखि विशिष्टीकृत अस्पतालको अनुगमनसम्मको जिम्मा स्वास्थ्य राज्यमन्त्रीलाई पूर्वराजा शाहको जन्मदिनमा स्वास्थ्य सामग्री वितरण धेरै पढिएका १ ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक २ पोलियो खुवाउन पुगेका स्वास्थ्यकर्मीको गोली हानी हत्या ३ हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल ४ मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् ५ स्वाद मात्रै हैन शरीरलाई फाइदा पनि दिने यी ३ प्रकारका चिया ६ जनमैत्री अस्पतालले १८ जना नर्सको ६ वर्ष बितिसक्दा पनि १३ लाख बढी पारिश्रमिक भुक्तानी दिएन ७ १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ट्रेण्डिङ मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् भ्याली मेटरनिटी नर्सिङ होममा प्रा.डा. चन्दा कार्कीको टिम, भ्याली हस्पिटलका नाममा ब्राण्डिङ गरिदैं प्रतिष्ठानको सहकुलपतिदेखि विशिष्टीकृत अस्पतालको अनुगमनसम्मको जिम्मा स्वास्थ्य राज्यमन्त्रीलाई ‘भर्सटाइल’ नर्स अमृता पूर्वराजा शाहको जन्मदिनमा स्वास्थ्य सामग्री वितरण प्रदेश एकमा स्वास्थ्य पत्रकार मञ्च गठन अनुहारको सौन्दर्य बढाउन फेसियल योग प्रदेश १ ले स्वास्थ्यमा परिणाममुखी बजेट ल्याएको छ : स्वास्थ्यमन्त्री यादव मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् भ्याली मेटरनिटी नर्सिङ होममा प्रा.डा. चन्दा कार्कीको टिम, भ्याली हस्पिटलका नाममा ब्राण्डिङ गरिदैं प्रतिष्ठानको सहकुलपतिदेखि विशिष्टीकृत अस्पतालको अनुगमनसम्मको जिम्मा स्वास्थ्य राज्यमन्त्रीलाई ‘भर्सटाइल’ नर्स अमृता पूर्वराजा शाहको जन्मदिनमा स्वास्थ्य सामग्री वितरण प्रदेश एकमा स्वास्थ्य पत्रकार मञ्च गठन अनुहारको सौन्दर्य बढाउन फेसियल योग प्रदेश १ ले स्वास्थ्यमा परिणाममुखी बजेट ल्याएको छ : स्वास्थ्यमन्त्री यादव