२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा २ लाख ७३ हजार जनामा कोरोना पुष्टि, भारतीय प्रम मोदीले बोलाए महत्वपूर्ण बैठक

भारतमा २ लाख ७३ हजार जनामा कोरोना पुष्टि, भारतीय प्रम मोदीले बोलाए महत्वपूर्ण बैठक


भारतमा तीव्र रुपले कोरोना संक्रमण देखिएसँगै अहिले त्यहाँको अवस्था तनावग्रस्त छ। त्यहाँ दैनिक २ लाखभन्दा बढी कोरोनाका केस थपिरहेको छ ।

कोरोना रोकथाम र नियन्त्रणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार महत्वपूर्ण बैठक बोलाएका छन्। पछिल्लो २४ घण्टामा एकैपटक २ लाख ७३ हजार ८ सय १० नयाँ  कोरोनाको केस देखिनुको साथै कयौं राज्यमा अक्सिजन र औषधी अभाव भएसँगै बैठक बोलाइएको हो।

प्रधानमन्त्री कार्यालयको सुत्रको अनुसार सो बैठक साढे ११ बजे हुँदैछ।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ। भने अहिले १९ लाखभन्दा बढी संक्रमितको उपचार भैरहेको छ। यस्तै, पछिल्लो २४ घण्टामा मात्रै १६ सय जना मानिसले ज्यान गुमाएका छन्। यहाँ संक्रमणको केस लागातार ४० औं दिनमा पनि वृद्धि भएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ