२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोपको दोस्रो डोज आजदेखि, देशभरका ९५३ खोप केन्द्रबाट ४ लाख बढीलाई दिइने

कोरोना खोपको दोस्रो डोज आजदेखि, देशभरका ९५३ खोप केन्द्रबाट ४ लाख बढीलाई दिइने


काठमाडौं—सरकारले गत १४ माघदेखि १० फागुनसम्म कोभिड—१९ विरुद्धको खोपको पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाउन थालेको छ ।

मंगलबार विहान १० बजेबाट अपरान्ह ४ बजेसम्म देशका विभिन्न खोप केन्द्रबाट कोभिशिल्ड खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज लगाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमकाअनुसार देशभर कोभिड—१९ विरुद्धको खोपको दोस्रो मात्रा दिनका लागि ९५३ खोप केन्द्र तोकिएका छन् ।

‘देशभर दोस्रो डोज खोप दिनका लागि ९५३ खोप केन्द्र तोकिएका छन्,’ डा. गौतमले हेल्थआवाजसँग भने, ‘हामीले पहिलो डोज लिएका ४ लाख ३९ हजारलाई दोस्रो डोज खोप दिदैछौं ।’

काठमाडौं उपत्यकाका काठमाडौंका १९ खोप केन्द्रबाट खोप दिइनेछ । यस्तै, ललितपुरका ११ खोप केन्द्र र भक्तपुरका ५ वटा खोप केन्द्रबाट दोस्रो डोज कोभिड—१९ खोप दिइदैछ ।

आजदेखि सुरु भएको दोस्रो डोजको खोप लगाउने कार्यक्रम ११ बैशाखसम्म चल्नेछ ।

पहिलो डोज खोप लिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, पत्रकार, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी,  स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कुटनीतिक नियोगका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाइने छ ।


काठमाडाैंका खोप केन्द्र


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ