गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ गर्मी मौसममा अनुहारको कसरी हेरचाह गर्ने? गर्मी मौसममा अनुहारको कसरी हेरचाह गर्ने? सुष्मा रावल वरिष्ठ ब्युटिसियन, श्रृगार घर मंगलबार, २०७८ वैशाख १४ गते, १०:४२ मा प्रकाशित गर्मी मौसममा बढी गर्मीका कारण हाम्रो स्किन बढि ओइली र चिपचिप हुन्छ । जसको फलस्वरुप छालाका रोम छिद्रहरु प्रष्ट देखिन्छ । अर्थात खुल्ला पोर्सको बढी समस्या देखा पर्दछ साथै पिम्पल्स पनि बढि हुन्छ र डिहाइड्रेटेड पनि हुन्छ ।जसककारण स्किन ड्राई र प्याची पनि हुन्छ । यस्तो स्थितिमा आफ्नो स्किनलाई हाइड्रेटेड र स्वस्थ राख्न जरुरी छ । गर्मीमा घाममा हिड्नाले हाम्रो स्किन बढी ओइली पनि हुन्छ । तसर्थ, गर्मी महिनामा हाम्रो स्किनलाई अझै बढी स्याहारको जरुरत पर्दछ । यससमय शरीर र स्किनको स्याहर गर्नु अत्यन्तै आवश्यक पर्दछ । गर्मी महिनामा छालाको हेरचाह गर्ने उपायहरु गर्मीमा सबैभन्दा जरुरी छालालाई हाइड्रेट गर्नु हो । तसर्थ, जति सकिन्छ धेरै पानी पिउने । गर्मिमा छालालाई राम्ररी सफा र रिफे्रस गर्न जरुरी छ । किनकी गर्मीमा बढी मात्रामा सेबम र पसिना आउने हुनाले छालामा ब्याक्टेरिया,धुलो र माटो टासिन गई डेड सेल र ब्ल्याकहेड्सको समस्या हुनेहुनाले पनि छालालाई गर्मी महिनामा बढी किलंजिङ र रिफे्रसरको आवश्यक्ता पर्दछ । फेस किलंजिङको प्रयोग गर्दा ओइली स्किन छ भने ओइल-फ्री किलंजिङको प्रयोग गर्ने र ड्रार्ई छ भने जेन्टल किलंजिङको प्रयोग गर्न सकिन्छ । गर्मी महिनामा कमसेकम दिनमा दुईपटकसम्म स्किन क्लिन गर्नुपर्दछ । किलंजिङ पछि आफ्नो छालालाई राम्रोसगँ एक्सफोलिएट गर्ने । एक्सफोलिएट गर्नाले छालामा भएका डेड सेलहरु हटाइ नयाँ सेल पुनस्उत्पन्र हुन मद्धत पुग्छ।तर ध्यान दिनु पर्ने कुरा छालालाई एक्सफोलिएट गर्दा हप्ताको एकपटक मात्र गर्ने । आवश्यक्ता भन्दा बढी एक्सफोलिएट गर्नोले छालालाई क्षति पनि गर्न सक्छ । छालामा हाईड्रेटिङ मोस्चराइजर लगाउन नबिर्सिने । यसले छालामा मोस्चर बनाई राख्छ र हाईड्रेट पनि गर्छ । कतिपय व्यक्तिहरुले गर्मीमा मोस्चराइजर लगाउन जरुरी सम्झीन्दैन्न् । जसको फलस्वरुप छाला ड्राई र डल देखिन्छ । गर्मी महिनामा जब हामी बढी पसिना र सिबम हटाउन रेगुलर किलंजिङ गछौ तब हाम्रो छाला ड्राई भइरहन्छ तसर्थ छालालाई नरम बानाइ राख्न मोस्चराइजरको आवश्यक्ता पनि पर्दछ । गर्मी महिनामा घामको ताप पनि बढी हुन्छ । तसर्थ, घामको ताप बाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्नु पर्दछ । सनस्क्रीनले हाम्रो छालालाई घामको ‘यूभिए’ र ‘यूभिबि’किरणबाट हुने नराम्रो प्रवाहबाट बचाउँछ । गर्मीको चर्को घामबाट बच्न कम्तिमा पनि एपिएफ ३० भन्दा बढीको सनस्क्रीनको प्रयोग गर्ने । स्वस्थ स्किनको लागि स्वस्थ खाना पनि जरुरी छ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ?