गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १०:४६ मा प्रकाशित दोलखा-कोभिड १९ को संक्रमणबाट नेकपा एमालेका नेता तथा दोलखा जिल्ला निर्वाचन ख बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सांसद पशुपति चौलागाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसीआर परीक्षण गरेका सांसद चौलागाई मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार राति करिब १० बजे मृत्यु भएको थियो । चौलागाईको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ४ काब्रे स्थायी घर रहेको छ । वि.सं. २०२० फागुन ५ गते जन्मिएका चौलागाई २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए । २०३७ सालदेखि २०४७ सम्म नेकपा माले दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाई २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३÷६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए । वि.सं. २०७०/७४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७१ सालदेखि २०७५ सम्म नेकपा एमालेका पोलिटव्यूरो सदस्य थिए । काठमाडौ पेप्सीकोलामा बस्दै आएका चौलागाईका श्रीमती, एक छोरा र दुई छोरी छन् । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ… नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले… धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा