गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १०:४६ मा प्रकाशित दोलखा-कोभिड १९ को संक्रमणबाट नेकपा एमालेका नेता तथा दोलखा जिल्ला निर्वाचन ख बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सांसद पशुपति चौलागाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसीआर परीक्षण गरेका सांसद चौलागाई मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार राति करिब १० बजे मृत्यु भएको थियो । चौलागाईको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ४ काब्रे स्थायी घर रहेको छ । वि.सं. २०२० फागुन ५ गते जन्मिएका चौलागाई २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए । २०३७ सालदेखि २०४७ सम्म नेकपा माले दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाई २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३÷६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए । वि.सं. २०७०/७४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७१ सालदेखि २०७५ सम्म नेकपा एमालेका पोलिटव्यूरो सदस्य थिए । काठमाडौ पेप्सीकोलामा बस्दै आएका चौलागाईका श्रीमती, एक छोरा र दुई छोरी छन् । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री