२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ८३१५ जना विशेषज्ञ चिकित्सक, कुन विधाका कति ?

नेपालमा ८३१५ जना विशेषज्ञ चिकित्सक, कुन विधाका कति ?


काठमाडौं—नेपालमा विशेषज्ञ चिकित्सक ८ हजार ३ सय १५ जना रहेका छन् । नेपालमा चिकित्सकहरुको दर्ता गर्ने नियांमक निकाय नेपाल मेडिकल काउन्सिलको सन् २०२० सम्म डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपाल ८ हजार ३ सय १५ जना  पोष्ट ग्राजुयसन (पिजी) गरेका दर्तावाला चिकित्सक भएको पाइएको छ ।

पछिल्लो पाँच वर्षमा ३ हजार १ सय ५६ विशेषज्ञ चिकित्सकहरु नेपालमा थपिएका छन् । सन् २०१६ सम्ममा ५ हजार १ सय ५९ विशेषज्ञ चिकित्सक काउन्सिलमा दर्ता भएकोमा सन् २०२० सम्म ८ हजार ३ सय १५ पुगेको छ । सन् २०१७ मा ९२० जना, सन् २०१८ मा ८ं०९ जना, सन् २०१९ मा ८१७ जना र सन् २०२० मा ५५३ जना विशेषज्ञ चिकित्सक थपिएका छन् ।

विशेषज्ञता हासिल गरेका ८ हजार ३ सय १५ जना चिकित्सकमध्ये ५ हजार ९ सय १८ जना पुरुष चिकित्सक रहेका छन् भने २ हजार ३ सय ९७ जना महिला चिकित्सक छन् ।

सबैभन्दा बढी इन्टरनल मेडिसिनमा विशेषज्ञ चिकित्सकहरु छन् । इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेका ८६८ चिकित्सकमध्ये ७७७ पुरुष र ९१ जना महिला रहेका छन् । इन्टरनल मेडिसिनपछि एस्ब्याटक गाइनेमा ८ सय ३३ विशेषज्ञ चिकित्सक छन् । गाइने महिला चिकित्सकको आकर्षण रहेको विधा मानिन्छ । यसमा ५८८ जना महिला र २४५ जना पुरुषले विशेषज्ञता हासिल गरेर काउन्सिलमा दर्ता भएका छन् ।

गाइनेपछि जनरल सर्जरी (जिआई) ७६८ जनाले विशेषज्ञता हासिल गरेका चिकित्सक छन् । जसमा ७ सय २९ पुरुष र ३९ जना महिला छन् ।

यस्तै, पेडियाट्रिकमा ६ सय ६९ जना विशेषज्ञ चिकित्सक काउन्सिलमा दर्ता छन् । जसमा ४७८ जना पुरुष र १९१ जना महिला रहेका छन् ।

त्यसैगरी अर्थोपेडिक्समा ६५५ विशेषज्ञ चिकित्सक छन् । जसमध्ये पुरुष ६४९ पुरुष र ६ जना महिला रहेका छन् । एनेस्थेसियोलोजीमा ५ सय ५३ जना विशेषज्ञ चिकित्सक छन् । जसमा ७ सय १७ जना पुरुष र १३६ जना महिला रहेका छन् ।

रेडियोलोजी एण्ड इम्याजिनमा ५ सय ४७ जना विशेषज्ञ चिकित्सक छन् । जसमा ४४४ जना पुरुष र १०३ जना महिला रहेका छन् ।

यस्तै, ७ वटा विधामा एक—एक जनाले मात्र पिजी गरेका छन् । ती विद्याहरुमा पेडियाट्रिक हेमोटोलोजी, पेड्रियाटिक ग्यास्ट्रोलोजी, टपिकल मेडिसिन र फरेन्सिक अंकलोजी रहेका छन् ।

२ जनाले मात्रै पिजी गरेका विधाहरुको संख्या ६ वटा रहेको छ । जसमा नियोनेटोलोजी, हस्पिटल एडमिनिष्ट्रेसन, क्लिनिकल जेनेटिक्स, क्रिटिकल केयर मेडिसिन, हेमोटोलोजी र ओरल साइन्स रहेका छन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीकाअनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सकहरुको संख्या पछिल्लो समयमा वृद्धि हुँदैं गएको देखिन्छ । ‘यसले अन्डर ग्रायाजुयएट र पोष्ट ग्राजुयटबीच भएको खाडल पुरिदैं गएको देखाएको छ,’ उनले भने, ‘एमबीबीएसको सिट बढेको छैन । तर, पछिल्लो समय नेपालमै पिजीको सिट संख्या बढेको छ र विदेशमा पढ्ने अवसर पनि त्यतिकै आइरहेको हुँदा अबका केही वर्षपछि विशेषज्ञ चिकित्सकहरुको अभाव नहुने देखिन्छ ।’

कुन विधाका कति विशेषज्ञ चिकित्सक ?


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल मेडिकल काउन्सिल, #विशेषज्ञ चिकित्सक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ