२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको एक अस्पतालमा न त उपचार गर्ने डक्टर छन् न त बिरामी बोक्ने एम्बुलेन्स

जुम्लाको एक अस्पतालमा न त उपचार गर्ने डक्टर छन् न त बिरामी बोक्ने एम्बुलेन्स


जुम्ला – तत्कालिन कर्णाली अञ्चालको जुम्लाको मुकामस्थित खलंगामा अञ्चल अस्पताल खारेजीपछि यहाँको हिमा गाउँपालिका ५ कालिकाखेतुमास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन शैय्याको सरकारी अस्पताल सञ्चालनमा ल्याएको हो ।

एक जना चिकित्सकसहित दरबन्दी भएको उक्त अस्पतालमा चार वर्षदेखि डक्टरविहिन छ । डक्टर नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।

डा. नहुँदा बिरामीले चिकित्सकीय सेवा पाउन सकेका छैनन । चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारीले जानकारी दिए । २०७५ जेठ महिनाबाट डाक्टर रत्नविर सुनार अध्ययन विदामा गएदेखि दरबन्दी रिक्त छ । दरबन्दी अनुसारको डाक्टर नहुँदा समस्या भइरहेको स्थानीय बताउँछन् ।

‘सुचिकृत डाक्टर नहुँदा आधिकारिक रुपमा चुनौति देखिन्छ । डाक्टरले दिने चिकित्सकीय सेवामा समस्या भएको छ ।’ स्वास्थ्य केन्द्रमा औषधी प्राप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरेका छन । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिको लागि सबै कर्मचारीको साथ सहयोग छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको नाममा जग्गा आधा मात्रै छ । जग्गा प्राप्ति पनि चुनौती बनेको छ । जग्गा रजिस्ट्रेसन गर्न सबैको साथ, सहयोग र सहकार्य चाहिने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य केन्द्रमा घेराबार छैन । बिरामी बोक्ने एम्बुलेन्स समेत छैन । भएको एम्बुलेन्स दुई बर्ष देखि बिग्रेर थन्किएको छ । गाउँपालिकाले एम्बुलेन्स बनाउने तदारुकता देखाएको छैन । स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेका बिरामी अस्पताल रेफर गर्दा लैजान ल्याउन समस्या भइरहेको छ ।

बिग्रिएको एम्बुलेन्स लिलाम नभएसम्म गाउँपालिको अर्को खरिद गर्न नसक्ने बताइएको छ । १० वाटको सोलार जडान भएको छ । ग्रिट अमेरिका नामक कम्पनीको आर्थिक सहयोगमा घाम पावर कम्पनीको प्राविधिक सहयोगमा सोलार सेवा उपलब्ध भएको छ,’इन्चार्ज भण्डारीले भने,’ ७५ प्रतिशत ग्रिट अमेरिका कम्पनीको सहयोग रहेको छ । २५ प्रतिशत हिमा गाउँपालिको लगानी छ ।’

ल्याव सेवा पूर्णरुपमा ठप्प

स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट खाली छ । दिपक माँझी चैत २९ गते सरुवा भएर गएपछि ल्याव सेवा पुर्णरुपमा बन्द भएको अहेव जयकृष्ण बडुवालले बताए । स्वास्थ्य केन्द्रमा एक वर्षअघिदेखि शुरु भएको एक्सरे सेवा ठप्प छ । स्वास्थ्य बीमाले एक्सरे मेसिन उपलब्ध गराएको थियो । तालिम प्राप्त कर्मचारी नहुनाले एक्सरे चलाउन नसकिएको इन्चार्ज भण्डारी बताउँछन ।

स्थानीयले चिकित्सकीय सेवा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । उनीहरुले डक्टर आउन नसकेको खण्डमा गाउँपालिकाले तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन् ।

हिमा गाउँपालिका ५ का वडाध्यक्ष नन्दबहादुर रावतले मेडिकल अधिकृत नआएको खण्डमा साउन महिना देखि गाउँपालिकाले व्यवस्थापन गर्ने बताए । उनले भने,‘ स्वास्थ्य मानवको मेरुदण्ड भएकोले हेलचक्र्याराई गर्न हुदैन । स्थानीय सरकार संवेदनशिल बनेको छ ।’

सिनियर अनमी मेनुका देवकोटाले दुई बर्ष देखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताइन । गर्भपतन केस आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्ने गरेको देवकोटाले बताइन् । आर्थिक अवस्था कमजोर भएकाहरुले मेडिकलबाट महंगोमा गर्भपतन गर्ने गरेका छन् । तालिम नलिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए ज्यानै जोखिम हुने गरेको जानकारी गराइन । अनमी देवकोटाका अनुसार स्वास्थ्य संस्थामा एउटा भिडियो एक्सरे मेसिन अनिवार्य हुनुपर्ने देखिन्छ ।

७८ जना महिलाले प्रसुति सेवा लिए

अघिल्लो वर्ष ८४ जना सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका थिए । यो बर्ष ७८ जना आमाहरुले सेवा पाएको उनले जानकारी दिइन् । एक दिनमा १५ देखि २५ जनाको हाराहारीमा बिरामी सेवा लिन आउँछन । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी रहेका छन । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ जना कर्मचारी छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ