गृहपृष्ठ ∕ समाचार ∕ निजी अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना बनाएका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री निजी अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना बनाएका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री हेल्थ आवाज आईतबार, २०७८ साउन १० गते, १७:२७ मा प्रकाशित काठमाडौं—शिक्षा क्षेत्रबाट कुस्त पैसा कमाएर स्वास्थ्य क्षेत्रमा आक्रामक लगानी गर्ने योजना बनाइरहेका उद्यमी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । श्रेष्ठ केही समयअघि गोदावरीको करिब २ सय रोपनी जग्गा पौने चार अर्बमा बेचेर चर्चामा आएका थिए । उक्त पैसा उनले होटल तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताएका थिए । श्रेष्ठ अहिले जनमैत्री अस्पताल, महेन्द्रनारायण निधी अस्पताललगायतका अस्पतालमा पनि लगानी छ । केही समयअघि इकागजसँग कुराकानी गर्दै उनले आफूले ‘हस्पिटल चेन’ बनाउने घोषणा नै गरेका थिए । उनले एकान्तकुनामा हेलोइस अस्पताल उच्च वर्गलाई लक्षित गरेर स्थापना गर्ने काम अगाडि बढाइसकेका छन् । यस्तै, नवनियुक्त राज्यमन्त्री श्रेष्ठले वर्षभित्र ५ वटा अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना अगाडि बढाइरहेका छन् । स्वास्थ्य क्षेत्रमा लगानी गर्न तम्सिरहेका श्रेष्ठले नै आइतबार स्वास्थ्य राज्यमन्त्रीको पद पुरस्कार पाएका हुन् । क्याटेगोरी : समाचार ट्याग : #उमेश श्रेष्ठ, #स्वास्थ्य राज्यमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र आकस्मिक शुल्क सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र आकस्मिक शुल्क