गृहपृष्ठ ∕ समाचार ∕ निजी अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना बनाएका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री निजी अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना बनाएका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री हेल्थ आवाज आईतबार, २०७८ साउन १० गते, १७:२७ मा प्रकाशित काठमाडौं—शिक्षा क्षेत्रबाट कुस्त पैसा कमाएर स्वास्थ्य क्षेत्रमा आक्रामक लगानी गर्ने योजना बनाइरहेका उद्यमी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । श्रेष्ठ केही समयअघि गोदावरीको करिब २ सय रोपनी जग्गा पौने चार अर्बमा बेचेर चर्चामा आएका थिए । उक्त पैसा उनले होटल तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताएका थिए । श्रेष्ठ अहिले जनमैत्री अस्पताल, महेन्द्रनारायण निधी अस्पताललगायतका अस्पतालमा पनि लगानी छ । केही समयअघि इकागजसँग कुराकानी गर्दै उनले आफूले ‘हस्पिटल चेन’ बनाउने घोषणा नै गरेका थिए । उनले एकान्तकुनामा हेलोइस अस्पताल उच्च वर्गलाई लक्षित गरेर स्थापना गर्ने काम अगाडि बढाइसकेका छन् । यस्तै, नवनियुक्त राज्यमन्त्री श्रेष्ठले वर्षभित्र ५ वटा अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना अगाडि बढाइरहेका छन् । स्वास्थ्य क्षेत्रमा लगानी गर्न तम्सिरहेका श्रेष्ठले नै आइतबार स्वास्थ्य राज्यमन्त्रीको पद पुरस्कार पाएका हुन् । क्याटेगोरी : समाचार ट्याग : #उमेश श्रेष्ठ, #स्वास्थ्य राज्यमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता