२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यजर्मनीको प्रयोगशालामा बनाइयो कृत्रिम मानव मस्तिष्क, आँखा पनि विकास

जर्मनीको प्रयोगशालामा बनाइयो कृत्रिम मानव मस्तिष्क, आँखा पनि विकास


जर्मनीका वैज्ञानिकहरुले प्रयोगशालामा एक कृत्रिम मानव मस्तिष्क तयार गरेका छन् । उक्त मिनी ब्रेनमा आँखा पनि रहेका छन् । तर, आँखा पूर्ण रुपमा विकसित भएका छैनन् ।

उक्त मस्तिष्क मानिसको स्टेम कोषिकाबाट विकसित गरिएको हो । यसलाई जर्मनीको इन्स्टिच्युट फर ह्युमन जेनेटिक्सका शोधकर्ताले तयार गरेका हुन् । वैज्ञानिकहरुकाअनुसार मिनी ब्रेनमा यस्ता आँखा विकसित भएका छन्, जुन ५ हप्ताको भ्रुणमा विकास भएका हुन्छन् ।
भविष्यमा यसबाट कयौ नयाँ कुराहरु पत्ता लाग्ने अपेक्षा गरिएको छ । जसले बिरामीको उपचारमा सहयोग पु¥याउनेछ ।

मिनी ब्रेन ३ मिमि चौडा रहेको छ । यसमा रहेका आँखामा कर्निया, लेन्स र रेटिना रहेको छन् । यसको सहयोगमा यसले प्रकाशलाई देख्न सक्नेछ ।

यी आँखा न्यूरोन र नर्व कोषिकाको मद्धतबाट ब्रेनसँग कम्युनिकेट गर्न सक्छन् । वैज्ञानिकहरुकाअनुसार ल्याबमा तयार पारिएको यो रेटिना भविष्यमा ती मानिसहरुका लागि काम लाग्नेछ, जो देख्न सक्दैनन् ।

जर्नल सेल स्टेममा प्रकाशित भएको अनुसन्धानअनुसार जब यी आँखामा प्रकाशको किरण पठाइयो त सिंग्नल दिमागसम्म पुगेको थियो । यसबाट के प्रमाणित हुन्छ भने आँखामा जे देखिन्छ त्यो कुरा दिमागसम्म पुगिरहेको छ । पहिलो पटक ल्याबमा विकसित गरिएको ब्रेनमा यस्तो पाइएको छ ।

शोधकर्ता गोपालकृष्णन भन्छन्, ‘मिनी ब्रेनको मद्धतबाट यो पत्ता लागेको छ कि भ्रुणको विकासका दौरान, जन्मजात रेटिनासँग जोडिएको डिसअर्डर र रेटिनामा खास प्रकारको औषधीको परीक्षण गर्दा आँखा र मस्तिष्कको बचिमा कस्तो तालमेल रहन्छ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ