२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ३ लाखमा डिप्लोमा इन फार्मेसी र फार्मेसी काउन्सिलको नक्कली लाइसेन्स बनाइदिने पक्राउ

३ लाखमा डिप्लोमा इन फार्मेसी र फार्मेसी काउन्सिलको नक्कली लाइसेन्स बनाइदिने पक्राउ


काठमाडौं—नेपाल प्रहरीले डिप्लोमा इन फार्मेसी र फार्मेसी काउन्सिलको नक्कली लाइसेन्स बनाउने एक जनालाई पक्राउ गरेको छ । २१ भदौंमा प्रहरीले नक्कली सर्टिफिकेट बनाइदिने बाग्लुङका ३२ वर्षीय युद्धबहादुर केसीलाई कुपण्डोलको युएन पार्कबाट पक्राउ गरेको हो ।

उनले नेपाल तथा भारतका विभिन्न मेडिकल कलेज डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएर फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजात बनाइदिने गरेको प्रहरीले जनाएको छ ।

‘उनले तीन लाखमा विभिन्न नक्कली फार्मेसीका लागि आवश्यक पर्ने सर्टिफिकेट बनाइदिने गरेको खुलेको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’

फार्मेसीबाहेक केसीले नक्कली लाइसेन्स, परीक्षा प्रवेशपत्र लगायतका नक्कली प्रमाणपत्र र जाली कागजात बनाउने गरेको उनले जानकारी दिए ।  केसीलाई लिखत कसुर सम्बन्धित मुद्धामा जिल्ला अदालत पाटनबाट ७ दिनको म्याद थपेर अनुसन्धान जारी रहेको महर्जनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ