२०८३ भदौ ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगले शनिबारदेखि म्याचिङ सुरू गर्ने

चिकित्सा शिक्षा आयोगले शनिबारदेखि म्याचिङ सुरू गर्ने


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एक महिनाअघि प्रकाशित गरेको स्नातक तहका चिकित्सा शिक्षाका कार्यक्रमहरुका लागि भोलिदेखि म्याचिङ सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगका प्रवक्ता समेत रहेका सदस्य सचिव डिल्लीराम लुइटेलकाअनुसार भोलिबाट सूचना प्रकाशित म्याचिङ गर्न लागिएको हो ।

‘छात्रवृत्तितर्फका कोटाका लागि तीन दिनको म्याद दिएर पहिलो सूचना प्रकाशित गर्ने र त्यसैका आधारमा अन्य कोटाको पनि म्याचिङ नियमित गरिनेछ,’ उनले भने । धेरै खालका छात्रवृत्ति भएकाले म्याचिङ प्रक्रियामा समय धेरै लागेको उनले बताए ।

‘आयोगले एकीकृत परीक्षा लिएको पहिलो पटक भएकाले पनि ढिला हुन गएको हो,’ उनले भने, ‘त्यो भन्दा पनि मुख्य कुरा धेरै खालका छात्रवृत्ति भएको हुँदा छुट्याउन समय लागेको हो ।’

उनकाअनुसार भोलिबाट सूचना निकालेर प्रि—नोमिनेसन गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ