गृहपृष्ठ ∕ अन्य ∕ पाचन प्रणाली राम्रो बनाउन दैनिक १० मिनेट गर्नुहोस यो योगासन पाचन प्रणाली राम्रो बनाउन दैनिक १० मिनेट गर्नुहोस यो योगासन हेल्थ आवाज बिहीबार, २०७८ असोज ७ गते, ०५:३१ मा प्रकाशित फाइल तस्बिर योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ। योगले शरीरलाई रोगहरुबाट बचाउँछ। योग शरीर स्वस्थ राख्ने सबैभन्दा सरल उपाय हो। आजको समयमा मानिसहरु प्राय गलत खानेकुरा खाइरहेका हुन्छन। सो बानीको कारण पेटको समस्याको सामना गरिरहेका हुन्छन् । पेटको समस्याबाट छुटकारा पाउनका लागि पाचनतन्त्रलाई बलियो पार्न सबैभन्दा बढी जरुरी छ। योग गरेर तपाई आफ्नो प्रतिरोध क्षमताको साथै पाचनतन्त्र पनि बलियो बनाउन सक्नुहुनेछ। तपाई दिन प्रतिदिन हलासनबाट आफ्नो पाचनतन्त्रलाई बलियो पार्न सक्नुहुनेछ र पेट सम्बन्धि समस्या जस्तो अपच, ग्यास, कब्जियबाट छुट्कारा पाउन सकिनेछ। यस बाहेक यस आसन गर्दाका अन्या फाइदा पनि छन्। हलासन दुई शब्द ‘हल’ र ‘आसन’ बाट बनेको छ। हल जो किसानले खेतमा जोत्ने र आसनको अर्थात बस्ने हो । यो मुद्रालाई अंग्रेजीमा ‘प्लो पोज’ भनिन्छ। यो आसनले तपाईको पाचन प्रणालीलाई बलियो बनाउने देखि शरीरलाई धेरै अन्य लाभहरु दिन्छ। हलासन गर्ने विधि सबैभन्दा पहिला एक समतल ठाउँमा एक चकटी ओंछ्याएर आफ्नो पीठको मद्दतले सुत्नहोस् र दुवै हात भुईमा राख्नुहोस्। अब आफ्नो खुट्टामाथि उठाउनुहोस् र त्यसपछि बिस्तारै तिनीहरूलाई पछाडि सार्नुहोस्। तपाईको खुट्टालाई पछाडि भुइँमा लाने कोसिस गर्नुहोस्। आफ्नो क्षमता अनुसार केहि समय सोही अवस्थामा बस्नुहोस् र फेरी साधारण मुद्रा आउनुहोस्। हलासनको फाइदा यो आसन गर्नाले पाचनतन्त्रको अंगलाई मसाज मिल्ने गर्छ जसले मजबुत बनाउने काम गर्छ। यसले मेटाबोलिज्म बढाउँछ जसले तौललाई नियन्त्रित गर्छ । मधुमेहका बिरामीका लागि फाइदाजनक छ। काँध र कम्मर दुखाइबाट राहत मिल्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने