२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकाले निम्न आय भएका देशहरुलाई ५० करोड डोज कोभिड खोप दिने

अमेरिकाले निम्न आय भएका देशहरुलाई ५० करोड डोज कोभिड खोप दिने


अमेरिकाले विश्वभरका निम्न र मध्यम आय भएका देशहरुलाई फाइजरको ५० करोड डोज खोप दिने घोषणा गरेको छ। बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार यसको जानकारी दिएका हुन्।

उनका अनुसार अमेरिकाले सो नयाँ प्रतिबद्दतासँगै विश्वभर १ सय करोड भन्दा बढी खोप अनुदानमा दिनेछ।

कोभिडलाई हराउनका लागि आयोजना गर्न लागिएको विश्व शिखर सम्मेलनपूर्व अमेरिकी राष्ट्रपति बाइडेनले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशलाई फाइजर खोप प्रदान गर्न ५० करोड डोज किन्ने घोषणा गरेको वरिष्ठ अधिकारीले जानकारी दिए।

जनवरीबाट खोप पठाउन सुरु गरिने बताइएको छ।

-एजेन्सी

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ