२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एफडीएले दियो फाइजरको बुस्टर डोजलाई अनुमति, ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई लगाइने

एफडीएले दियो फाइजरको बुस्टर डोजलाई अनुमति, ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई लगाइने


काठमाडौँ – अमेरिकाले फाइजरको कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोजलाई अनुमति दिएको छ। बढ्दै गएको कोभिडलाई मध्यनजर गर्दै फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए)ले बुस्टर डोजलाई अनुमति दिएको हो।

एफडीएका विशेषज्ञ सलाहकारको एक प्यानलका अनुसार सो खोपको बुस्टर डोज ती व्यक्तिलाई दिइने छ, जो वृद्ध र गम्भीर रोगबाट पिडित छन्। एफडीएले १६ भन्दा बढी उमेरवर्गका लागि बुस्टर डोजको अनुमति मागेको थियो जुन एख प्यानलले खारेज गरेको छ।

सो प्यानलले स्पष्ट रुपमा बुस्टर डोज ६५ वर्षभन्दा माथिका उमेर समुह र गम्भीर रोग लागेका बिरामीका लागि दिने उल्लेख गरेको छ। किनकी युवाका लागि बुस्टर डोज घातक पनि हुन सक्ने विज्ञको आशंका छ।

–एजेन्सी 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ