२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसोसाइटी अफ डर्माओलोजिस्टको १६ औं वार्षिक सम्मेलन जारी

सोसाइटी अफ डर्माओलोजिस्टको १६ औं वार्षिक सम्मेलन जारी


काठमाडौँ – नेपाल छाला यौन तथा कुष्ट रोग समाज(Sodvelon)ले वार्षिक सम्मेलन गरेको छ । दुई दिने गोष्ठी आयोजना गरी संस्थाले आइतबार आफ्नो १६ औं वार्षिक सम्मेलन गरेको हो ।

दुईदिने उक्त गोष्ठी थ्री डी मोडलको उपयोग गरी भर्चुअल माध्यामबाट आयोजना गरिएको छ। थ्री डी मोडलमा कार्यक्रम भएको नेपालमा पहिलोपटक भएको संस्थाकी अध्यक्ष प्राध्यापक डाक्टर सबिना भट्टराईले जानकारी दिइन। उनकै अध्यक्षमा सो गोष्टि आयोजना भएको हो।

यस कार्यक्रमकोको थिम ‘उपेक्षित रोगको उपचारको चुनौती’ रहेको छ। जसमा सरोकारवालाहरुले छाला सम्बन्धि रोगहरुका विषयमा केन्द्रित रहेर अन्तरक्रिया जारी रहेको छ।

समारोहमा प्रमुख अतिथिको रुपमा वरिष्ठ डा विजय बहादुर राज भण्डारी, गोष्ठीको सल्लाहकारमा डा सुदिप पराजुली, सचिवमा डा मनिषा सिहं र वैज्ञानिक समितिको अध्यक्ष प्राध्यापक डा अर्पना रिजालको मुख्य सहभागिता रहेको छ। यस्तै, डर्माटोलोजिस्टका विशेषज्ञहरुको पनि उपस्थिति रहेको छ।

गोष्टिमा चिकित्सा शिक्षामा कोभिड महामारीले पारेको प्रभाव, छालासम्बन्धि देखिएका समस्या, उपचारमा चुनौती, डण्डीफोरको उपचारको नयाँ पद्दति र सम्भावना यावत विषयहरुमा अन्तरक्रिया भएको छ।

संस्थाकी अध्यक्ष प्रा.डा. भटराईले नेपाल जर्नल अफ डर्माओलोजिस्टको, लेप्रोलोजी र भेनेरियोलोजी १९ भोल्युमको र अर्को (कठिन चरम रोगको उपचार)को कनसेनसस गाइडलाइन्स गरी दुई पुस्तक सार्वजनिक गरिएको बताइन।

यसबाहेक कार्यक्रममा विभिन्न देश र विदेशका विशेषज्ञहरुबाट विभिन्न विषयहरुमा शोधपत्रहरू प्रस्तुत गरिनेछ। हिजोबाट सुरु भएको गोष्टि आइबार बेलुकी ७ बजे सकिने छ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ